सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राजविराजमा विद्युत चोरी गर्ने ४२ जनालाई कारबाही, ३ लाख राजश्व संकलन

राजविराजमा विद्युत चोरी गर्ने ४२ जनालाई कारबाही, ३ लाख राजश्व संकलन

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र सप्तरीको राजविराजले विद्युत् चोरीमा संलग्न ४२ जनालाई कारबाही गरेको छ।
 |  शुक्रबार, पुस १७, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १७, २०७७

सप्तरी- नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले विद्युत् चोरीमा संलग्न ४२ जनालाई कारबाही गरेको छ।

हुकिङ गरी विद्युत् चोरी गरिरहेको अवस्थामा विद्युतीय सामग्री सहित ४२ जनालाई कारबाही गरिएको प्राधिकरणका इञ्जिनीयर विमलप्रसाद साहले जानकारी दिए।

प्राधिकरणका कर्मचारी तथा प्रहरीको सहयोगमा विद्युत चोरी गरिरहेका घरधनीहरुको टिभी, फ्रिज, पंखा, पानी तान्ने मोटर, तार, कटर लगायतका १४० थान विद्युतीय उपकरण बरामद गरिएको हो।

उनीहरुबाट ३ लाख २ हजार ५४९ रुपैयाँ राजस्व संकलन गरिएको इञ्जिनीयर साहले बताए। उनका अनुसार विद्युत् चोरीमा संलग्नलाई न्यूनतम ३ हजारदेखि विद्युत् खपत गरेको युनिटको आधारमा थप जरिबाना गरिएको छ।

यस अवधिमा ५० लाखभन्दा बढी बक्यौता पनि उठाइएको छ। समयमै महसुल नबुझाउने १४० ग्राहकको लाइन यस अवधिमा काटिएकोमा १२७ जनाबाट रु. ५७ लाख २४ हजार ८५३ असुली भएको प्राधिकरणले जनाएको छ।

हाल नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजअन्तर्गत कूल ५१ हजार ९८७ ग्राहकहरु छन्। 

प्रकाशित: Jan 01, 2021| 10:53 शुक्रबार, पुस १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।