शुक्रबार, असोज २, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • १ अर्ब ३२ करोड बिगो दाबी गर्दै उच्च अदालतमा २८ जनाविरुद्ध मुद्दा

१ अर्ब ३२ करोड बिगो दाबी गर्दै उच्च अदालतमा २८ जनाविरुद्ध मुद्दा

राजस्व अनुसन्धान विभागले १ अर्ब ३२ करोड रुपैयाँ बिगो दाबी गर्दै पाटन उच्च अदालतमा मुद्दा दायर गरेको छ। 
 |  शुक्रबार, पुस १७, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १७, २०७७

काठमाडौं– राजस्व अनुसन्धान विभागले १ अर्ब ३२ करोड रुपैयाँ बिगो दाबी गर्दै पाटन उच्च अदालतमा मुद्दा दायर गरेको छ। 

विभागले आज शुक्रबार सर्लाहीका रामकिशोर प्रसादसहित विभिन्न २८ जनाविरुद्ध उक्त रकम बिगो दाबी गर्दै पाटन उच्च अदालतमा मुद्दा दायर गरेको हो।

विभागका अनुसार राम किशोरले मोहन ट्रेड इन्टरनेसनल लगायतका २६ फर्म, मजदुरलगायत व्यक्तिको नाममा दर्ता गराएर झुटा तथा नक्कली बिक्री बिजक जारी राजस्व छली गर्दै आएका आएका थिए। उनले आर्थिक वर्ष ०७१–०७२ देखि ०७४–०७५ सम्मको मूल्य अभिवृद्धि कर (भ्याट) तथा आयकर सहितको राजस्व चुहावट गरेकोले पाटन उच्च अदालतमा मुद्दा दर्ता गरिएको विभागको भनाइ छ।

उक्त कार्य राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ अनुसार कसुर गरेको देखिएकाले भ्याटतर्फ ४३ करोड ८१ लख ८० हजार ३ सय ७८ रुपैयाँ, आयकरतर्फ ८६ करोड ५६ लाख १ हजार ७ सय ८५ र लाभांश करतर्फ २ करोड ८ लाख ३० हजार ४ सय २ रुपैयाँ राजस्व छली गरेकोले सो अनुसारको बिगो असुल गरी सबैलाई जरिवाना र कैद सजाय समेत माग गरिएको विभागले जानकारी दिएको छ। 

प्रकाशित: Jan 01, 2021| 10:35 शुक्रबार, पुस १७, २०७७
प्रतिक्रिया दिनुहोस्