सोमबार, भदौ २२, २०८३

विदेशी चलखेल सह्य छैन : लोहनी

‘चाहे उत्तरका हुन् चाहे दक्षिणका हुन उनीहरुको चलखेल नेपाल र नेपालीका लागि सह्य होइन।’
 |  शुक्रबार, पुस १७, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १७, २०७७

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष प्रकाशचन्द्र लोहनीले नेपालमा अस्थिरता निम्तन थालेपछि विदेशी मित्रराष्ट्रहरूको पनि चलखेल बढेको बताएका छन्। 

‘देशमा अस्थिरता हुन थाल्यो। घरझगडा मिलाउन दर्जनौं आउन थाले,’ पूर्वपराष्ट्रमन्त्रीसमेत रहेका लोहनीले भने, ‘चाहे उत्तरका हुन् चाहे दक्षिणका हुन उनीहरुको चलखेल नेपाल र नेपालीहरुका लागि सह्य होइन।’

उनले सत्तामा बस्नेको भ्रष्टाचार, बेइमानी र नियतले मुलुकमा राजनीतिक संकट देखा परेको बताए।

काठमाडौंको रत्नवाटिकामा राप्रपाको बृहत् जनप्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकमा अहिले व्यापक भ्रष्टाचार बढेको बताए। 

नेपाली जनताको दुःखमा बोल्ने शक्ति देशमा नभएको भन्दै उनले राप्रपा नेपाली जनताको दुःखमा साथ दिनका लागि अघि बढेको बताए।

‘दरबारबाट पत्रकार सम्मेलन गरेर नेपाली जनताको हित हुन्छ भने म बाहिर जान्छु भनेर छोडेर हिँड्ने संस्था भनेकै राजसंस्था हो,’ उनले भने, ‘आज राजसंस्था चाहिन्छ। म अरु पार्टीका साथीहरुलाई पनि भन्न चाहन्छु।

नेपालको अहिलेको आवश्यकता भनेको शासन गर्ने नभई सबै नेपालीलाइ समेटेर राख्ने राजसंस्थाको आवश्यकता भएको उनको भनाइ छ। 

लाेहनीले आफ्नो पूर्वाग्रह त्यागेर देश र जनताको हितलाई हेरेर त्यसलाई छोड्ने संस्थाका रुपमा राजसंस्थालाई ध्यानमा दिएर अघि बढ्न पनि आग्रह गरे। 
 

प्रकाशित: Jan 01, 2021| 10:04 शुक्रबार, पुस १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।