सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • निर्वाचन व्यवस्थापनमा लैंगिक तथा समावेशी नीति स्वीकृत

निर्वाचन व्यवस्थापनमा लैंगिक तथा समावेशी नीति स्वीकृत

निर्वाचन आयोगले ‘निर्वाचन व्यवस्थापनमा लैंगिक तथा समावेशी नीति–२०७७’ स्वीकृत गरेको छ।
 |  शुक्रबार, पुस १७, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १७, २०७७

काठमाडौं- निर्वाचन आयोगले ‘निर्वाचन व्यवस्थापनमा लैंगिक तथा समावेशी नीति–२०७७’ स्वीकृत गरेको छ।

निर्वाचनका सबै चरण र प्रक्रियालाई लैंगिक तथा समावेशी बनाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी निर्वाचनका माध्यमबाट लोकतन्त्रको संस्थागत विकास गर्ने ध्येयले आयोगले सो नीति स्वीकृत गरेको हो।   

आयोगका अनुुसार लैंगिक तथा समावेशी विषयमा भएका संवैधानिक व्यवस्था, निर्वाचनसम्बन्धी विद्यमान कानून, पन्ध्राैँ योजनालगायत विभिन्न आवधिक योजनामा समावेश भएका लैंगिक समानता, महिला सशक्तिकरण र समावेशीकरणसम्बन्धी नीति दिगो विकासका लक्ष्यका आधारमा उक्त नीति तयार गरिएको हो। सबै तहका निर्वाचनबाट प्राप्त सिकाइ तथा उपलब्धि, आयोगको तेस्रो पञ्चवर्षीय रणनीतिक योजना र लैंगिक तथा समावेशीकरण नीतिको समेत समीक्षाका आधारमा नीति बनाइएको हो।

नीति तर्जुका सन्दर्भमा आयोगले राजनीतिक दल, राज्यव्यवस्था तथा सुशासन समितिलगायत संसद्का विभिन्न समितिका पदाधिकारी, अन्तरपार्टी महिला सञ्जाल, नीतिसँग सम्बन्धित संवैधानिक आयोग तथा  मन्त्रालय, समावेशी क्षेत्रमा कार्यरत विभिन्न संघसस्था तथा सरोकार पक्षसँग रायसुझाव लिएको थियो। निर्वाचनमा लैंगिक समानता तथा समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तलाई आत्मसात् गर्दै नागरिकहरूलाई लोकतान्त्रिक अधिकारको सुनिश्चतता गर्ने उक्त नीतिको ध्येय रहेको छ।

नीतिको मूल लक्ष्य  समतामूूलक तथा समावेशी निर्वाचनको माध्यमबाट लोकतन्त्रको सुदृढीकरणमा योगदान पु¥याउनेछ। यस नीतिमा लैंगिक समानता तथा समावेशिताका आधारमा निर्वाचन व्यवस्थापनका सबै तह, चरण र प्रक्रियामा महिला तथा लक्षित वर्गको सहभागिता र भूमिका स्थापित गर्नेलगायतका उद्देश्य छ।

पाँचवटा रणनीतिअन्तर्गत ५७ वटा कार्यनीति तय गरिएको नीतिको कार्यान्वयनका लागि निर्देशक समिति, अन्तर निकाय समन्वय समिति, कार्यान्वयन समिति र जिल्ला समिति गरी चारवटा समितिको व्यवस्था गरिएको रहेकोे आयोगका प्रवक्ता राजकुुमार श्रेष्ठले जानकारी दिए। रासस

प्रकाशित: Jan 01, 2021| 09:52 शुक्रबार, पुस १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।