सोमबार, भदौ २२, २०८३

हिन्दु राज्य आम नेपालीको एजेन्डा बनेको छ : थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रका अध्यक्ष कमल थापाले राजसंस्था पुनर्स्थापना र हिन्दु राज्य अब राप्रपाको एजेण्डा मात्र नभएको बताएका छन्।
 |  शुक्रबार, पुस १७, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १७, २०७७

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रका अध्यक्ष कमल थापाले राजसंस्था पुनर्स्थापना र हिन्दु राज्य अब राप्रपाको एजेण्डा मात्र नभएको बताएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित राप्रपाको विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले राजसंस्था र हिन्दु राज्य अब आम नेपालीको एजेण्डा बनेको बताएका हुन्। उनले राजसंस्था र हिन्दु राज्यबारे घरघरमा चर्चा हुन थालेको भन्दै अब यो आम नेपालीको एजेण्डा भइसकेको दाबी गरे।

कार्यक्रममा थापाले १४ वर्षसम्म गरिएको गणतन्त्रको अभ्यासले मुलुकलाई समृद्धिको दिशातिर लैजान नसेकेको बताउँदै अब सबैलाई समेट्ने राष्ट्रिय एकताको प्रतिक र जनताको अभिभावकको रुपमा राजसंस्था नै उपयुक्त हुने तर्क गरे।

थापाले लोकतन्त्रवादी, परिवर्तनकारी शक्तिलगायत सबैलाई समेट्ने गरी राजसंस्था नै अवको विकल्प हुने दाबी गरे। थापाले त्यस्तो राजसंस्था निरकुंश नभई सबै दलकोसमेत अभिभावक बन्ने खालेका हुने बताए।

कार्यक्रममा थापाले महान उपलब्धी भनिएको गणतन्त्रिक व्यवस्थाले मुलुकमा विकृति र विसंगती ल्याएको तर मुलभूत समस्याहरु निराकरण गर्न  नसकेको टिप्पणी गरे। उनले भने, ‘यसबाट पाठ सिकेर यस्तो राजनीतिक अभ्यास गरौँ, जहाँ राजादेखि विप्लवसम्म र कांग्रेसेदेखि कम्युनिष्ट अटाउने प्रणालीको विकास होस्।’

थापाले नेपालको राष्ट्रिय पहिचानलाई कायम गर्न पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दु राज्य स्थापना गर्न प्रस्ताव गरे। उनले भने, ‘हामीले निरंकुश राजतन्त्रको कुरा गरेको होइन, देशमा ठूलो संख्यामा गणतन्त्र पक्षधर जनताहरु छन्, हामीलाई थाहा छ, परिवर्तनकारी शक्ति र गणतन्त्रवादीहरुको भावना बुझ्ने राजाको कुरा गरेका हौँ।’

उनले राजसंस्था देशको अभिभावक, राष्ट्रिय एकताको संस्था हुने भन्दै भने, ‘त्यो संस्था नेपालको राष्ट्रिय सुरक्षा र समृद्धिको ग्यारेन्टी पनि हो।’

थापाले राजसंस्था कायम गर्दाखेरी कोही आत्तिनुपर्ने वा विचलित हुनुपर्ने जरुरी नभएको भन्दै राजतन्त्रवादी शक्ति र लोकतान्त्रिक शक्तिहरुबीचको एकताले नै देश बलियो हुने बताए।

उनले भने, ‘तपाईँहरुले हिजो गणतन्त्रको कुरा गर्दा, लोकतन्त्रको कुरा गर्दा राजसंस्थालाई निषेध गर्नुभयो, धर्म निरपेक्षाको कुरा गर्दा हिन्दु धर्मलाई निषेध गर्नुभयो। अब निषेध होइन सबै अटाउने प्रणालीको विकास गरौँ।’

थापाले सर्वपक्षीय सम्मेलन गरेर राजाका प्रतिनिधिदेखि विप्लव नेतृत्वको नेकपासम्मलाई सहभागी गराउन प्रस्ताव गर्दै त्यो सम्मेलनबाट नेपाली संस्करणको मौलिक प्रजातन्त्रको स्थापना गर्न सकिने बताए।

साथै उनले यदि समयको माग, जनताको भावना र चाहनालाई सम्बोधन नगर्ने हो भने फेरि देश द्वन्द्वतर्फत जान सक्ने चेतावनी दिए।

प्रकाशित: Jan 01, 2021| 09:41 शुक्रबार, पुस १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।