शुक्रबार, असोज २, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • व्यापारीले मौका छोपेर मूल्यवृद्धि गरे : उद्योगमन्त्री भट्ट

व्यापारीले मौका छोपेर मूल्यवृद्धि गरे : उद्योगमन्त्री भट्ट

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले व्यापारीहरूले राजनीतिमा देखिएको उथलपुथलको मौका छोपेर मूल्यवृद्धि गरेको बताएका छन्। 
 |  शुक्रबार, पुस १७, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १७, २०७७

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले व्यापारीहरूले राजनीतिमा देखिएको उथलपुथलको मौका छोपेर मूल्यवृद्धि गरेको बताएका छन्। 

ललितपुर उद्योग वाणिज्य संघको ४१ औं साधारणसभाको शुक्रबार उदघाटन गर्दै मन्त्री भट्टले दैनिक खाद्यवस्तुको अस्वभाविक मूल्यवृद्धि भएको स्वीकार गरेका हुन्। 

राजनीतिक संक्रमणको मौका छोपेर व्यापारीले मूल्यवृद्धि गरेको भन्दै भट्टले नियन्त्रणका लागि कठोर बन्ने बताए। उनले भने, ‘अस्वभाविक मूल्यवृद्धि नियन्त्रणका लागि बजार अनुगमन भइरहेको छ। अनावश्यक मूल्य लिनेलाई तत्काल कारबाही गरिने छ।’ 

सरकारले गरिरहेको काम र प्रतिबद्धताका कारण अहिलेको अवस्थाले आर्थिक विकासको गतिमा कुनै अवरोध नआउने उनको भनाइ छ। 
 

प्रकाशित: Jan 01, 2021| 09:21 शुक्रबार, पुस १७, २०७७
प्रतिक्रिया दिनुहोस्