शुक्रबार, असोज २, २०८३

आइएमई ‘भरोसा कोष’ गण्डकी प्रदेशमा वितरण सुरु

 |  शुक्रबार, पुस १७, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १७, २०७७

काठमाडौं– कोरोना भाइरस (कोभिड–१९) महामारीबाट विदेशमा मृत्यु भएका श्रमिकका आफन्तलाई सहयोग गर्ने उद्देश्यका साथ स्थापित आइएमई ‘भरोसा कोष’ को रकम वितरण शुरू भएको छ। कोषबाट आवेदकहरूलाई जनही ५० हजारका दरले सहयोग रकम प्रदान गरिएको हो । 

गत हप्ता पुस १० गते शुक्रवार गण्डकी प्रदेशको पर्वतमा आयोजित एक कार्यक्रमका बीच आइएमई लिमिटेडका प्रबन्धक रोशन रखाल, आइएमई लिमिटेडका क्षेत्रीय प्रतिनिधि किशोर शर्माले संयुक्त रूपमा आवेदक स्व. सन्तोष लामिछानेका बुवा दोलकराज जैशीलाई चेक हस्तान्तरण गरेका थिए।

आइएमई पे वालेट मार्फत रकम भुक्तान लिन सक्ने पनि व्यवस्था मिलाइएको कोषको सहयोग राशि पुसमसान्तसम्म हस्तान्तरण गरिसक्ने लक्ष्य लिइएको छ ।

कोभिड–१९ का कारण श्रमका लागि विदेश गएका धेरै नेपालीको मृत्यु भएको र आश्रित परिवारमा ठूलो पीडा थपिएको महसुस गरि आइएमईले मृतकको परिवारको पीडामा केहि सहयोग गर्न सकिन्छ कि भन्ने सोचका साथ भरोसा कोशको स्थापना गरेको थियो।
 

प्रकाशित: Jan 01, 2021| 08:05 शुक्रबार, पुस १७, २०७७
प्रतिक्रिया दिनुहोस्