सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश २ : सरकारविरुद्ध आन्दोलन गर्न नेकपाको एक हजार एक सदस्यीय संघर्ष समिति

प्रदेश २ : सरकारविरुद्ध आन्दोलन गर्न नेकपाको एक हजार एक सदस्यीय संघर्ष समिति

नेकपा दाहाल–नेपाल समूहले दोस्रो चरणको आन्दोलनका कार्यक्रम अगाडि बढाउन एक हजार एक सदस्यीय प्रदेश संघर्ष समिति गठन गरेकाे छ।
 |  शुक्रबार, पुस १७, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १७, २०७७

जनकपुरधाम– नेकपा दाहाल–नेपाल समूहले दोस्रो चरणको आन्दोलनका कार्यक्रम अगाडि बढाउन एक हजार एक सदस्यीय प्रदेश संघर्ष समिति गठन गरेकाे छ। संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीकाे कदमविरुद्ध आन्दाेलन गर्न समिति गठन गरिएकाे हाे।

प्रदेश संघर्ष समितिका संयाेजकमा नेकपा दाहाल–नेपाल समूहका प्रदेश सहइन्चार्ज विश्वनाथ साह छन्।

प्रधानमन्त्री ओलीको असंवैधानिक कदमविरुद्ध आन्दोलनको पहिलो चरणका कार्यक्रम सकिएकाले दोस्रो चरणका कार्यक्रम घोषणा गरिएको सहइन्चार्ज साहले बताए । उनका अनुसार पुस १८ गतेदेखि वडावडामा संघर्षका कार्यक्रम गरिनेछ। 

जिल्ला तथा स्थानीय तहले आफ्नो आवश्यकताअनुसार आन्दोलनका कार्यक्रम तय गर्न सक्ने उनको भनाइ छ। 

अध्यक्ष, सचिव तथा इन्चार्जमाथि केन्द्रबाटै कारबाही 

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा प्रदेश २ का अध्यक्ष, इन्चार्ज र सचिव ओली समूहमा प्रवेश गरेका छन्।

यद्यपि दाहाल–नेपाल समूहले अहिलेसम्म उनीहरुलाई कारबाही नगरेको सहइन्चार्ज साहले जानकारी दिए। 

उनले उनीहरु केन्द्रीय कमिटीमा रहेकाले केन्द्रले नै कारबाही गर्ने बताए। 

प्रदेशमा नेकपा केन्द्रीय कमिटीका ६४ सदस्यमध्ये ४५ जना, २१४ प्रदेश कमिटी सदस्यमध्ये १३४ जना, १६ प्रतिनिधिसभा सदस्यमध्ये ११ जना र चार जना राष्ट्रियसभा सदस्यमध्ये दुई सदस्य दाहाल–नेपाल समूहमा छन्।

सम्बन्धित समाचार

नेकपा संसदीय दलका नेता मण्डलविरुद्ध अविश्वास प्रस्ताव

 

 

प्रकाशित: Jan 01, 2021| 06:38 शुक्रबार, पुस १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।