शुक्रबार, भदौ ५, २०८३

सम्पर्कविहीन भएकी प्रदेश सांसद विमला एमालेमै

सम्पर्कविहीन भएको ३ दिनमा दाङबाट निर्वाचित प्रदेशसभा सदस्य विमला वलीले आफू नेकपा (एमाले) मै रहेको विज्ञप्ति सार्वजनिक गरेकी छन्।
 |  सोमबार, साउन १८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन १८, २०७८

बुटवल– सम्पर्कविहीन भएको ३ दिनमा दाङबाट निर्वाचित प्रदेशसभा सदस्य विमला वलीले आफू नेकपा (एमाले) मै रहेको विज्ञप्ति सार्वजनिक गरेकी छन्। 

गत वैशाख १९ गते तत्कालीन नेकपाबाट विजयी वलीले सर्वोच्चको फैसलाको आधारमा माओवादी केन्द्र रोजेको पत्रकार सम्मेलन गरेर घोषणा गरेकी थिइन्। तर, प्रदेशमा एमाले नेतृत्वको सरकार अल्पमतमा परेपछि शनिबारदेखि माओवादी केन्द्रसँग सम्पर्कविहीन भएकी थिइन्। 

३ दिनसम्म सञ्चारमाध्यम र पार्टीका नेताहरुसँग सम्पर्कबाहिर रहेकी वलीले सोमबार विज्ञपि्त जारी गरेर एमालेमै रहेको प्रष्ट्याएकी छन्। 

'मैले सूर्य चिन्हबाट चुनाव जितेको र अहिले सूर्य चिन्ह एमालेको रहेकाले एमाले छाडेर माओवादी रोज्ने कुरा पनि कानुनी रुपमा ठीक नभएकाले एमालेमै रहेको स्पष्ट पार्दछु,' विज्ञप्तिमा भनिएको छ। 

स्रोतका अनुसार यसअघि माओवादी केन्द्रले आर्थिक प्रलोभन देखाएर उनलाई तानेको थियो। पछि त्यहाँ सोचेजस्तो नभएपछि एमालेकै नेताहरुले संरक्षण गर्ने प्रतिबद्धता जनाएकाले एमालेमै फर्केको बताइएको छ। विज्ञप्ति सार्वजनिक भए पनि वलीको मोबाइल भने भने अफ नै छ। नेपालगञ्जमा उपचारत रहेको भनिए पनि उनी बुटवलमा रहेको एमालेका एक नेताले बताए।

प्रकाशित: Aug 02, 2021| 16:33 सोमबार, साउन १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...