सोमबार, वैशाख ८, २०८२
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश २ : नेकपा संसदीय दलका नेता मण्डलविरुद्ध अविश्वास प्रस्ताव

प्रदेश २ : नेकपा संसदीय दलका नेता मण्डलविरुद्ध अविश्वास प्रस्ताव

मण्डललाई हटाउन प्रदेश २ नेकपाका उपनेता रामकुमार यादवसमक्ष अविश्वासको प्रस्ताव दर्ता गरिएकाे प्रदेशसभा सदस्य शत्रुध्न महतोले जानकारी दिए।
 |  शुक्रबार, पुस १७, २०७७
nespernesper

जयन्त ठाकुर

जयन्त ठाकुर

शुक्रबार, पुस १७, २०७७

vianetvianet

जनकपुरधाम – प्रदेश २ काे  प्रमुख प्रतिपक्षी दल नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डललाई अविश्वास प्रस्ताव लगाई हटाउने प्रक्रिया सुरु गरिएको छ। मण्डल प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली समूहका हुन्। 

triton college

उनलाई पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहले हटाउन लागेकाे हाे।

दलका नेता मण्डललाई हटाउन नेकपाका उपनेता रामकुमार यादवसमक्ष अविश्वासको प्रस्ताव दर्ता गरिएकाे दाहाल–नेपाल समूहका प्रदेशसभा सदस्य शत्रुध्न महतोले जानकारी दिए। 

प्रदेशसभामा नेकपाका ३२ सदस्य छन्। महतोका अनुसार १७ जनाको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गराइएको हो। 
यद्यपि दाहाल-नेपाल समूहमा २० जना प्रदेशसभा सदस्यको समर्थन रहेको दाबी गरिएकाे छ। 

अविश्वास प्रस्तावमा गोविन्दबहादुर न्यौपाने, रुबी कर्ण, प्रमिलादेवी यादव, रामकुमार यादव, प्रमोदकुमार यादव, अशोक यादव, मदनशेनप्रसाद श्रीवास्तव, जगतप्रसाद यादव, सत्रुघ्न महतो, भरतप्रसाद साह, मञ्जुकुमारी यादव,  बेची लुंगेली, रवीन्द्र बैठा, डिल्लीप्रसाद उप्रेती, हसिमा खातुन, नागेन्द्र राय यादव र सुन्दरबहादुर विश्वकर्माको हस्ताक्षर रहेको महतोले जानकारी दिए।

National life insurance

प्रदेशसभा सदस्य सीता गुरुङ र फुलियादेवी सदाय पनि आफ्नो समूहमा आउने दाबी महतोको छ । 

संसदीय दलको नेतामाथि अविश्वास प्रस्ताव ल्याउन  प्रदेशसभाका एक चौथाई सदस्यहरुको हस्ताक्षरसहित दलका उपनेतालाई बुझाउनुपर्ने संवैधानिक प्रावधान छ।

सोहीअनुरुप उपनेतालाई दुई दिन अगाडी नै अविश्वास प्रस्ताव दर्ता गराइएको महतोले जानकारी दिए। मण्डललाई केही दिनअगाडि मात्रै नेकपा ओली समूहले प्रदेश २ को इन्चार्ज नियुक्त गरेको थियो। 

प्रकाशित: Jan 01, 2021| 06:15 शुक्रबार, पुस १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।