शनिबार, असार २७, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • काभानीलाई तीन खेलमा प्रतिबन्ध, सिटीविरुद्धको खेल पनि गुमाउने

काभानीलाई तीन खेलमा प्रतिबन्ध, सिटीविरुद्धको खेल पनि गुमाउने

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका फरवार्ड एडिसन काभानीलाई तीन खेलमा प्रतिबन्ध लगाइएको छ।
 |  शुक्रबार, पुस १७, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १७, २०७७

काठमाडौं– इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका फरवार्ड एडिसन काभानीलाई तीन खेलमा प्रतिबन्ध लगाइएको छ। 

उनले तीन खेल गुमाउने भएपछि जनवरी ७ मा हुने म्यानचेस्टर डर्बीसँगको काराबाओ कपको सेमिफाइनल खेल पनि गुमाउने भएका हुन्।

३३ वर्षे उरुग्वेयन फरवार्डलाई फुटबल एसोसिएसनले असिस्ट शब्द प्रयोग गरेका कारण एक लाख पाउन्ड जरिवानासहित तीन खेलको प्रतिबन्ध लगाएको हो।

उनले आज (शुक्रबार) नयाँ वर्षको दिन एस्टोन भिल्लाविरुद्ध, आउँदो विहीबार सिटीविरुद्ध र जनवरी १० मा वाटफोर्डविरुद्धको खेलसमेत गुमाउने छन्।

युनाइटेडले प्रिमियर लिगमा भिल्लासँग खेल्नेछ भने एफए कपमा वाटफोर्डसँग खेल्ने तय भएको छ। अब उनले ती खेल गुमाउने छन् भने फुटबल एसोसिएसनलाई एक लाख पाउन्ड जरिवान बुझाउनु पर्नेछ।

उनले गत २९ नोभेम्बरमा साउथह्याम्टनविरुद्ध गोल गरेपछि सामाजि सञ्जाल इन्स्टाग्राममा अरुलाई होच्याउने अभिप्रायले एक पोस्ट गरेका थिए।

तर उनले पोस्ट लगत्तै डिलिट गरेका भए पनि पछि सोबारे माफी मागेका थिए। तर अब उनले प्रतिबन्ध र जरिवानासहित एउटा शैक्षिक कार्यक्रममा पनि सहभागी बन्नुपर्ने छ।
 

प्रकाशित: Jan 01, 2021| 06:00 शुक्रबार, पुस १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।