सुर्खेत– कर्णाली प्रदेश सभाका सांसद् अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति गणेशप्रसाद सिंहको गाडीमा आगजनी भएको छ।
सिंहले प्रयोग गर्ने कर्णाली प्रदेश ०२ ००१ झ ००४० नम्बरको गाडी भेरी नगरपालिका ७ पुनमा बिहीबार राती (अन्दाजी १० बजे) तिर अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ।
आगजनीबाट गाडी पूर्ण रुपमा जलेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी किशोर श्रेष्ठले जानकारी दिए। आगजनी गर्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ।
केही दिनअघि गाडीले घाँस बोकेका कारण विवादमा आएको थियो। गाडी कुन कामका लागि पुनमा गएको थियो भन्ने हालसम्म नखुलेको प्रहरीले जनाएको छ।