सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • डब्ल्यूएचओबाट फाइजर खोपले पायो आपतकालीन प्रयोगका लागि अनुमति 

डब्ल्यूएचओबाट फाइजर खोपले पायो आपतकालीन प्रयोगका लागि अनुमति 

आपत्कालीन प्रयोगका लागि अनुमति पाउने पहिलो खोप फाइजर/बायोएनटेक बनेको छ। 
 |  शुक्रबार, पुस १७, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १७, २०७७

काठमाडौं– सन् २०२० को अन्तिम दिन कोरोना भाइरसविरुद्धको खोपले अनुमति पाएको छ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले आपत्कालीन प्रयोगका लागि बिहीबार कोरोना खोपको सूची तयार गरेको हो। 

फाइजर/बायोएनटेकले बनाएकाे खाेप आपत्कालीन प्रयोगका लागि अनुमति पाउने पहिलो खोप बनेको छ। 

डब्ल्यूएचओले मान्यता दिएको खोप आयात गर्न र प्रयोग गर्न अब अन्य मुलुकका लागि पनि ढोका खुलेको छ। 

यसअघि केही विकसित मुलुकले मात्र यो खोप प्रयोग गर्न थालेका थिए। यद्यपि डब्ल्यूएचओले भने अनुमति दिएको थिएन।

डब्ल्यूएचओले यूनिसेफ र प्यान अमेरिकन हेल्थ अर्गनाइजेसनलाई आवश्यक परेको देशलाई खोप वितरण गर्न अनुमति पनि दिएको छ। 

डब्ल्यूएचओको औषधि तथा स्वास्थ्य उत्पादनका सहायक निर्देशक डा. म्यारेएन्जेला सिमाओले डब्लूएचओ र आबद्ध साझेदार कम्पनीहरू रातदिन खटेर खोपको मूल्यांकनमा लागिपरेको बताएकी छन्। 

उनले भनिन्, ‘अहिले आपतकालीन प्रयोगको खोपलाई संसारभर पुर्‍याएर महामारीलाई कम गर्न सघाउनु छ।’

डब्ल्यूएचओले संसारभरबाट छानेका विज्ञ टोलीले केही खोपको अध्ययन गरेका थिए। त्यसमध्ये फाइजरले डब्ल्यूएचओले तोकेको मापदण्डको नजिक पुगेको हाे। फाइजरको प्रयोगले कोरोना भाइरसको जोखिमलाई कम गरेको डब्ल्यूएचओको भनाइ छ। 

यो खोप भण्डारणको लागि माइनस ६० देखि माइनस ९० डिग्रीको तापक्रम आवश्यक पर्छ। सबै देशमा यसको भण्डारण गर्ने उपकरण नभएकोले डब्ल्यूएचओले सघाउने पनि जनाएको छ। 
 

प्रकाशित: Jan 01, 2021| 05:37 शुक्रबार, पुस १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।