बुधबार, असोज २१, २०८३

चन्द्रागिरी हिल्सको आईपीओ पुस २४ गतेदेखि 

सर्वसाधारणले जम्मा १३ लाख ९६ हजार २२ कित्ता सेयर अर्थात् १३ करोड ९६ लाख २२ सय रुपैयाँ बराबरको लागि आवेदन दिन सक्नेछन्।
 |  शुक्रबार, पुस १७, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १७, २०७७

काठमाडौं– चन्द्रागिरी हिल्स लिमिटेडले पुस २४ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। 

कम्पनीले शुक्रबार आह्वानपत्र जारी गरी  १५ करोड ३४ लाख ९ हजार १00 रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९ सय १० कित्ता सेयर जारी गर्न लागेको हो । 

सो आईपीओ मध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता सामूहिक लगानीकोषहरूका लागि सुरक्षित गरेको छ। 

सर्वसाधारणले जम्मा १३ लाख ९६ हजार २२ कित्ता सेयर अर्थात् १३ करोड ९६ लाख २२ सय रुपैयाँ बराबरको लागि आवेदन दिन सक्नेछन्।

कम्पनीले जारी गरेको आईपीओ छिटोमा पुस २८ गते र ढिलोमा माघ ९ गतेसम्म आवेदन दिन सकिनेछ। यदि जारी गरिएको आईपीओ बिक्री नभएमा मात्र ढिलोको लागि छुट्याइएको मिति लागू हुनेछ। 

कम्पनीले जारी गरेको आह्वानपत्र अनुसार सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम १३ हजार ९६० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ। इक्रा नेपालले कम्पनीको अवस्था मध्यम स्तरको रहेको जनाउछ । 

कम्पनीले स्थानीय वासिन्दाका लागि जारी गरेको आईपीओ गत बुधबार बाँडफाँड गरिसकेको छ। 

प्रकाशित: Jan 01, 2021| 03:37 शुक्रबार, पुस १७, २०७७
प्रतिक्रिया दिनुहोस्