शनिबार, असार २७, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • पीएम राष्ट्रिय पुरुष क्रिकेट छनोट खेलमा काठमाडौं र ललितपुर विजयी

पीएम राष्ट्रिय पुरुष क्रिकेट छनोट खेलमा काठमाडौं र ललितपुर विजयी

प्रधानमन्त्री राष्ट्रिय पुरुष क्रिकेटअन्तर्गत वाग्मती प्रदेशको छनोट खेलमा काठमाडौं र ललितपुर विजयी भएका छन्। 
 |  शुक्रबार, पुस १७, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १७, २०७७

काठमाडौं- प्रधानमन्त्री राष्ट्रिय पुरुष क्रिकेटअन्तर्गत वाग्मती प्रदेशको छनोट खेलमा काठमाडौं र ललितपुर विजयी भएका छन्। 

बिहीबार भएको छनोट खेलमा काठमाडौंले भक्तपुरलाई चार विकेटले तथा ललितपुरले त्रिभुवन विश्वविद्यालयको टोलीलाई २९१ रनले पराजित गरेको हो। 

काठमाडौंको मुलपानीस्थित क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको भक्तपुरले ३३ दशमलव ४ ओभरमा ९७ रन बनायो। ९८ रनको विजय लक्ष्य काठमाडौंले २३ दशमलव पाँच ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो। 

काठमाडौंका लागि जितेन्द्रसिंह ठकुरीले ३८, रविन जोशीले २७ तथा विभत्सु थापाले १६ रन बनाए।  

बलिङतर्फ भक्तपुरका सुवास खत्रीले चार तथा धिरज अधिकारीले दुई विकेट लिए। यसअघि ब्याटिङ गर्ने क्रममा भक्तपुरका लागि अदित सुवेदीले ३६, कृष कार्कीले २७ तथा सुवास खत्रीले १४ रन बनाए। 

बलिङतर्फ काठमाडौंका ईशान पाण्डेले ७ दशमलव ४ ओभरमा २८ रन खर्चेर ५ विकेट लिए। यस्तै सुमन उदयले ३ विकेट लिए। 

यसैगरी त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा बिहीबार नै भएको अर्को खेलमा आदिल खानको दोहोरो शतकको सहयोगमा ललितपुरले त्रिभुवन विश्वविद्यालयको टोलीलाई पराजित गरेको छ। 

टस जितेर ब्याटिङ रोजेको ललितपुरले ४० ओभरमा ४ विकेट गुमाउँदै ३७५ रन बनायो। तीन सय ७६ रनको विजय लक्ष्य पछ्याउने क्रममा त्रिभुवन विश्वविद्यालयले २९ दशमलव ४ ओभरमा ८४ रन मात्र बनाउन सक्यो। 

ललितपुरका लागि आदिल खानले १२१ बलमा १६ चौका र १५ छक्काको मद्दतमा २०१ रन बनायो। यस्तै आशुतोष घिरायले ५८ बलमा १२ चौका र ३ छक्काको मद्दतमा ८३ रन बनाए। 

त्रिभुवन विश्वविद्यालयका लागि भने पृथु बाँस्कोटाले ४८ बलमा ४ चौका र ३ छक्काको मघतमा ४३ रन बनाए। अन्य खेलाडीको खेल प्रर्दशन सम्झिन लायक रहेन। बलिङतर्फ ललितपुरका सुमित झाले चार तथा युनिस थापा र तिलक भण्डारीले दुई दुई विकेट लिए। 

प्रकाशित: Jan 01, 2021| 00:58 शुक्रबार, पुस १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।