सोमबार, भदौ २२, २०८३

ओली जाली र फटाहा व्यक्ति हुन् : पूर्व मन्त्री पोखरेल

नेकपाका स्थायी समिति सदस्य एवं पूर्व मन्त्री गिरिराजमणि पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फटाहा र जाली व्यक्तिको संज्ञा दिएका छन्।
 |  बिहीबार, पुस १६, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १६, २०७७

जनकपुरधाम- नेकपाका स्थायी समिति सदस्य एवं पूर्व मन्त्री गिरिराजमणि पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फटाहा र जाली व्यक्तिको संज्ञा दिएका छन्।

बिहीबार जनकपुरधाममा दाहाल नेपाल समूहको प्रदेश २ स्तरीय भेलालाई सम्बोधन गर्दै मन्त्री पोखरेलले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर जाली र फटाहा काम गरेको आरोप लगाए। उनले भ्रम छर्ने कार्य गरिरहेकाले यस भ्रमलाई चिर्नुपर्ने अहिलेको आवश्यकता रहेको पोखरेलको भनाइ थियो।

पोखरेलले पार्टी भित्रको आन्तरिक बहस र छलफललाई विवाद भएकै आधारमा संसद नै भंग गर्नु कुतर्क रहेकाले यस प्रकारको भ्रमलाई चिर्नु आवश्यक रहेको बताए। उनले ओलीले पार्टीभित्रका विवाद देखाएर अराजक गतिविधिहरु गरी भ्रम छरेको आरोपसमेत लगाए। उनले संसद विघटन पूर्व अध्यक्ष दाहाल र वरिष्ठ नेता वामदेवलाई बालुवाटारमा बोलाएर ओलीले आसेपासे लगाएर घोर अपमान गरेको खुलासा समेत गरे। 

उनले भने, ‘अहिले आएर ओलीले अध्यक्ष माधवजीका बारेमासमेत अनेकन भ्रमहरु फैलाइरेहेकाले यसलाई चिर्नु जरुरी छ, अगाडि भने, ‘ओलीले जाली फटाहा र झुठको खेती गरेर असंवैधानिक कदम चाल्दै संसद भंग गरेको हो।’  

नेता पोखरेलले प्रतिगमन दोस्रो चरणमा प्रवेश गरेको भन्दै अहिलेको संविधान नै ‘डेन्जर जोन’ मा रहेको बताए। उनले अहिलेको समयमा विभिन्न आन्दोलनकारी दलहरुसँग मिलेर संयुक्त आन्दोलन गर्नुपर्ने आवश्यकता रहेको बताए। उनले संघर्षलाई व्यवस्थित र सशक्तरुपमा अघि बढ्न निर्देशन समेत दिए।

भेलामा नेकपा स्थायी समिति सदस्य तथा पूर्वमन्त्री मातृका प्रसाद यादवले कम्युनिष्ट पार्टीको नाममा ओलीले खल्तीबाट केन्द्रीय सदस्य र मन्त्री पद बार्गेनिङ् स्वरुप वितरण गरेर भर्ना अभियान सञ्चालन गरेको आरोप लगाए। उनले भने ‘पार्टी र जनताको लागि अगाडि बढौँ, अहिले ओलीको पार्टीमा कुनै टेस्ट हुदैन, सिधै केन्द्रीय सदस्य नियुक्ति हुन्छ, केही गर्नुपर्दैन योगदान, त्याग र समर्पणको अर्थ छैन र गर्दैन। अहिले ओली तर्फबाट मन्त्री पद नै वितरण भैइरहेकाले केही साथिहरु अझै पनि दोधारमा अलमलमै छन्।’

प्रदेशस्तरीय वैठक तथा प्रशिक्षण कार्यक्रममा प्रदेश २ का ८ वटै जिल्लाबाट प्रदेश समितिका नेता तथा सदस्यहरु, प्रदेशसभा सदस्य, प्रतिनिधिसभा सदस्य, जिल्ला ईन्चार्ज, सेक्रेटरी समेतको सहभागिता रहेको थियो।
 

प्रकाशित: Dec 31, 2020| 13:57 बिहीबार, पुस १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।