सोमबार, भदौ २२, २०८३

प्रसारणमा समस्या हो, लोडसेडिङ होइन : प्राधिकरण

नेपाल विद्युत् प्राधिकरणले मुलुकमा अहिले लोडसेडिङ नहुने दाबी गरेको छ। 
 |  बिहीबार, पुस १६, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १६, २०७७

काठमाडौं–  नेपाल विद्युत् प्राधिकरणले मुलुकमा अहिले लोडसेडिङ नहुने दाबी गरेको छ। 

बेलाबेलामा बिजुली कटौती गरेर अघोषित लोडसेडिङ हुन थालेको समाचार प्रकाशित भएपछि प्राधिकरणले यस्तो दाबी गरेको हो। 

पछिल्लो केही दिनयता राजधानीसहित देशैभर झ्याप्पझ्याप्प बिजुली कटौती हुँदै आएको छ।

प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाद्वारा जारी विज्ञप्तिमा लोडसेडिङ कुनै पनि हालतमा नहुने दाबी गरिएको छ। 

मागभन्दा आपूर्ति कम भएमा मात्रै लोडसेडिङ गर्नुपर्ने अवस्था रहने भन्दै अहिले मागअनुसार भारतबाट आयात गरेर समेत विद्युत आपूर्ति भइरहेकाले लोडसेडिङ गर्नुपर्ने अवस्था नरहेको विज्ञप्तिमा उल्लेख छ। 

यसअघि प्राधिकरणले बिहीबार बिहान सूचना जारी गर्दै लोडसेडिङकै शैलीमा विद्युत् कटौती हुने जानकारी गराएको थियो। 

राष्ट्रिय प्रणालीमा भारवहन क्षमताभन्दा बढी विद्युत प्रवाह हुँदा केही समय विद्युत् प्रसारणमा समस्या देखिएको र त्यसलाई लोडसेडिङ भन्न नमिल्ने तर्क प्राधिकरणले गरेको छ। यद्यपि पछिल्लो केही दिनयता विद्युत् जाने क्रम बढेको छ।

प्रकाशित: Dec 31, 2020| 12:34 बिहीबार, पुस १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।