सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • किसानको पैसा नतिर्ने लुम्बिनी चिनी मिलका सञ्चालक अग्रवाल पक्राउ

किसानको पैसा नतिर्ने लुम्बिनी चिनी मिलका सञ्चालक अग्रवाल पक्राउ

लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल पक्राउ परेका छन्। 
 |  बिहीबार, पुस १६, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १६, २०७७

काठमाडौं– लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल पक्राउ परेका छन्। 

अग्रवाल बिहीबार पर्साबाट पक्राउ परेका हुन्। 

पक्राउ गरेर अग्रवाललाई नवलपरासी पठाइएको पर्सा प्रहरीका प्रवक्ता डीएसपी मनोजित कुँवरले जानकारी दिए। 

लुम्बिनी मिलले किसानलाई दिनुपर्ने ९ करोडमध्ये १ करोड ३६ लाख रुपैयाँ मात्रै भुक्तानी गरेको छ। 

सरकारले गत हप्ता उखु किसानको बक्यौता भुक्तानी नगर्ने चार चिनी मिल सञ्चालकलाई पक्राउ गर्न निर्देशन दिएको थियो। 

लुम्बिनीका साथै अन्नपूर्ण, इन्दिरा र श्रीराम सुगर मिलका सञ्चालकलाई पक्राउ गरी ठगी मुद्दामा कारबाही गर्न सरकारले निर्देशन दिएको थियो। 
 

प्रकाशित: Dec 31, 2020| 12:17 बिहीबार, पुस १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।