शुक्रबार, असोज २, २०८३

अनलाइनमार्फत पुनः श्रम स्वीकृति शुक्रबारदेखि

वैदेशिक रोजगार विभागले शुक्रबारदेखि अनलाइनमार्फत पुनः श्रम स्वीकृति दिने भएको छ। 
 |  बिहीबार, पुस १६, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १६, २०७७

काठमाडौं–  वैदेशिक रोजगार विभागले शुक्रबारदेखि अनलाइनमार्फत पुनः श्रम स्वीकृति दिने भएको छ। 

विभागले श्रम स्वीकृति लिएका र पुनः श्रम स्वीकृति लिन चाहने वैदेशिक रोजगारीमा कार्यरत नेपालीले अनलाइनमार्फत श्रम स्वीृकति लिन सकिने विभागले बिहीबार जारी गरेको सूचनामा उल्लेख छ। 

वैदेशिक रोजगारीमा कार्यरत नेपाली नागरिकले म्यादी जीवन बिमा र कल्याणकारी कोषको रकम भुक्तानी गरी अनलाइन माध्यमबाट नै आवेदन दिई श्रम स्वीकृति प्राप्त गर्न सकिने कार्य शुक्रबारदेखि सुरु हुने सूचनामा उल्लेख छ।
 

प्रकाशित: Dec 31, 2020| 12:17 बिहीबार, पुस १६, २०७७
प्रतिक्रिया दिनुहोस्