सोमबार, भदौ २२, २०८३

संसद् विघटनबारे कांग्रेसको धारणा प्रस्ट भएन : पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाललाई ठूलो भूमरी, द्वन्द्व र विदेशी शक्ति केन्द्रबाट बचाउन प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने बताएका छन् । 
 |  बिहीबार, पुस १६, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १६, २०७७

पोखरा– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाललाई ठूलो भूमरी, द्वन्द्व र विदेशी शक्ति केन्द्रबाट बचाउन प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने बताएका छन् । 

नेपाली कांग्रेस कास्कीले ४५ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा बिहीबार पोखरामा आयोजना गरेको कार्यक्रममा नेता पौडेलले संसद् पुनःस्थापना हुनैपर्ने तर्क गरे । कांग्रेसले अब लोकतन्त्र र प्रजातन्त्रसहितको संविधान रक्षाको लागि पनि आफ्नो विचार प्रष्ट रुपमा राखेर अघि बढ्नुपर्ने समय आएको उनले बताए। 

पौडेलले भने, ‘प्रतिनिधिसभा पुनःस्थापनाले नै नेपाललाई बिग्रहबाट बचाउँछ। नेपाललाई द्वन्द्वको भूमरी र विदेशी शक्तिकेन्द्रमा फस्नबाट बचाउँछ। अहिलेको अवस्थामा चुनाव हुने अवस्था छैन ।’ प्रधानमन्त्री ओलीले निर्धारित मितिमा निर्वाचन गराउन नसके देशमा थप अन्योल सिर्जना भई प्रधानमन्त्री केपी ओलीसहित अन्यलाई समेत बढार्न सक्ने नेता पौडेलले चेतावनी दिए।  

प्रधानमन्त्री तानाशाह, जनमत विरोधी र संविधान तथा लोकतन्त्र विरोधी नेता भएको पौडेलको आरोप थियो। अन्तर्राष्ट्रिय शक्ति केन्द्रले नेपाललाई अफगानिस्तान बनाउन खोजेको उनले दाबी गरे।
 

प्रकाशित: Dec 31, 2020| 12:00 बिहीबार, पुस १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।