सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अर्गानिक खेतीलाई प्रोत्साहन हुने कार्यक्रम बनाउन कृषिमन्त्रीको निर्देशन

अर्गानिक खेतीलाई प्रोत्साहन हुने कार्यक्रम बनाउन कृषिमन्त्रीको निर्देशन

‘अर्गानिक खेती प्रणालीलाई प्रोत्साहन गर्नुपर्छ। रासायनिक मलको प्रयोग अहिल्यै बन्द गर्ने अवस्था छैन। अब प्रांगारिक मलमा जोड दिऊँ।’
 |  बिहीबार, पुस १६, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १६, २०७७

काठमाडौं– कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले अर्गानिक खेती प्रणालीलाई प्रोत्साहन हुने खालका कार्यक्रम बनाउन कर्मचारीलाई निर्देशन दिएकी छन्। 

मन्त्रालयको कार्यभार सम्हालेपछि मातहतका निकायहरुको ब्रिफिङ लिने क्रममा बिहीबार मन्त्री अर्यालले कृषि विभाग र पशुसेवा विभागमा पुगेर यस्तो निर्देशन दिएकी हुन्। 

कृषि विभागको ब्रिफिङ कार्यक्रममा सम्बोधन गर्दै मन्त्री अर्यालले रासायनिक मललाई बिस्तारै कम गर्दै लैजानुपर्ने बताइन्। उनले त्यसका निम्ति आवश्यक कार्यक्रम र योजना बनाउन कर्मचारीलाई निर्देशन दिइन्। 

‘अर्गानिक खेती प्रणालीलाई प्रोत्साहन गर्नुपर्छ। रासायनिक मलको प्रयोग अहिल्यै बन्द गर्ने अवस्था छैन’, मन्त्री अर्यालले भनिन्, ‘अब प्रांगारिक मलमा जोड दिऊँ।’

चक्लाबन्दी खेती प्रणाली कार्यक्रम जनस्तरबाट सुरु हुनुपर्ने भन्दै उनले किसानलाई प्रेरित गर्ने कार्यक्रम तलबाटै बनाउनुपर्ने बताइन्।

कृषकले मल, बिउ, बेर्ना पाउन सकेनन् भन्ने समस्याको अन्त्य गर्ने गरी लाग्नसमेत उनले कर्मचारीहरुलाई निर्देशन दिइन्। 

मन्त्रालयले वितरण गर्दै आएको अनुदान कार्यक्रमको अवस्थाबारे लेखाजोखा गर्न निर्देशन दिइन्। ‘हाम्रा अनुदानले कति प्रतिफल प्राप्त भएको छ? त्यसको लेखाजोखा गर्नुस्’, मन्त्री अर्यालले भनिन्, ‘अनुदानका कार्यक्रम पुनर्विचार गरौं।’ 

मन्त्री अर्यालले ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न व्यावसायिक कृषि प्रणालीमा जोड दिनैपर्ने बताइन्। 

पशुसेवा विभागको ब्रिफिङ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले मासु, दुध र माछामा आत्मनिर्भर हुने गरी कार्यक्रम बनाउन कर्मचारीलाई निर्देशन दिइन्। 

उनले यसका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्ययोजना बनाउनुपर्ने बताइन्। 

कृषि सचिव डा.योगेन्द्रकुमार कार्कीले मन्त्रालयको वित्तीय प्रगति बढाउने लक्ष्य रहेको भन्दै त्यहीअनुसार काम गर्न कर्मचारीलाई निर्देशन दिए। 

प्रकाशित: Dec 31, 2020| 11:58 बिहीबार, पुस १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।