सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कर्णाली प्रदेश खेलकुद परिषद्‍मा विवाद  :  मुख्यमन्त्री कार्यालयलाई कारण देखाऊ आदेश

कर्णाली प्रदेश खेलकुद परिषद्‍मा विवाद  :  मुख्यमन्त्री कार्यालयलाई कारण देखाऊ आदेश

कर्णाली प्रदेश सरकारले हालै गठन गरेको खेलकुद परिषद् विवादमा तानिएको छ।
 |  बिहीबार, पुस १६, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १६, २०७७

सुर्खेत– कर्णाली प्रदेश सरकारले हालै गठन गरेको खेलकुद परिषद् विवादमा तानिएको छ।

प्रदेश मन्त्रिपरिषद्ले पुस ६ गते कालिकोटका विश्वमित्र सन्ज्याललाई प्रदेश खेलकुद परिषद्को सदस्य सचिव नियुक्त गरेपछि परिषद् विवादमा तानिएको हो।

मुख्यमन्त्री महेन्दबहादुर शाहीको दबाबमा योग्यताक्रम मिचेर सदस्य सचिव नियुक्ति गरेको भन्दै सदस्य सचिवका प्रतिस्पर्धी ऋषि गिरीले उच्च अदालत सुर्खेतले मुद्दा दायर गरेका थिए।

प्रतिस्पर्धाबाट बाहिरिएका गिरीले सोमबार कर्णाली प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय सुर्खेतविरुद्ध सोमबार दायर गरेको मुद्दामा न्यायाधीश नहकुल सुवेदीको एकल एजलासले मंगलबार कर्णाली प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुर्खेतको नाममा कारण देखाऊ आदेश जारी गरेको छ।

यो विवादसँगै प्रदेश खेलकुद परिषद्ले आज (बिहीबार) दिउँसो आयोजना गरेको पत्रकार सम्मलेन समेत स्थगित गरेको छ।

सदस्य सचिव छनौट समितिका अनुसार अदालतमा मुद्दा दायर गर्ने गिरी वरियताको दोस्रो नम्बर र सदस्य सचिवमा नियुक्त भएका सञ्ज्याल तेस्रो नम्बरमा परेका थिए। गिरीले मुख्यमन्त्री शाहीले खेलकुद् परिषदको विधिविधान र नियम विपरित सदस्य सचिव नियुक्ति गरेको आरोप लगाएका छन्।

उसो त सदस्य सचिव राजनीति नियुक्ति हुने पद हो भने मुद्दा दायर गर्ने गिरी प्रधानमन्त्री केपी शर्मा ओली निकट पूर्व एमाले हुन्। सदस्य सचिव सन्ज्याल भने मुख्यमन्त्री निकट हुन्।

इन्जिनियरसमेत रहेका सन्ज्याल यसअघि राष्ट्रिय खेलकुद परिषद्‌मा भौतिक पूर्वाधार निर्माण शाखामा कार्यरत थिए।

कर्णाली प्रदेश सरकारको पुस ६ गते बसेको बैठकले सन्ज्यालको नियुक्तिसँगै ९ सदस्यीय खेलकुद परिषद गठन गरेको थियो। जसमा प्रदेश खेलकुद परिषद्ले उपाध्यक्षमा वीरेन्द्रनगर–४ का प्रमोद हमाल र जुम्लाका खेलाडी सरोज शाही,  दैलेखका हेमा खड्का,  हुम्लाका टक्कबहादुर शाही,  सल्यानकी भुमाकुमारी बुढाथोकी र जाजरकोटका मोहनराज घर्ती छन्।

परिषद्को अध्यक्षमा सामाजिक विकास मन्त्री र सोही मन्त्रालयका सचिव परिषद्को सचिव रहने व्यवस्था छ।

प्रकाशित: Dec 31, 2020| 11:59 बिहीबार, पुस १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।