सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भोलि बस्ने राष्ट्रियसभा बैठकमा ६ वटा अध्यादेश पेश हुने

भोलि बस्ने राष्ट्रियसभा बैठकमा ६ वटा अध्यादेश पेश हुने

भोलि (शुक्रबार) सुरु हुने राष्ट्रियसभा बैठकमा पहिलो दिनको कार्यसूची सार्वजनिक भएको छ।
 |  बिहीबार, पुस १६, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १६, २०७७

काठमाडौं- भोलि (शुक्रबार) सुरु हुने राष्ट्रियसभा बैठकमा पहिलो दिनको कार्यसूची सार्वजनिक भएको छ।

संसद सचिवालयका महासचिव भरत गौतमका अनुसार पहिलो दिनको बैठकमा विभिन्न ६ वटा अध्यादेश पेश गर्ने कार्यसूची छ।

जसअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश २०७७’ पेश गर्दैछन्।

यस्तै गृहमन्त्री रामबहादुर थापाले ‘तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७७’ र ‘सामाजिक सुरक्षा –पहिलो संशोधन) अध्यादेश २०७७’ पेश गर्ने कार्यसूची तय गरिएको छ।

बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले ‘औषधि (तेस्रो संशोधन अध्यादेश, २०७७’ पेश गर्ने कार्यसूची छ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठले ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७७’ र ‘फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७७’ पेश गर्नेछन्।

बैठकमा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यलयबाट प्राप्त मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी पत्र पढेर सुनाउनेछन्।

त्यसअघि अध्यक्षले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाउनेछन्।

संघीय संसदअन्तर्गत प्रतिनिधिसभा भने सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले विघटन गरिसकेकी छन्।

प्रकाशित: Dec 31, 2020| 11:46 बिहीबार, पुस १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।