शनिबार, असार २७, २०८३

पीएम कप महिला क्रिकेटको सेमिफाइनल समीकरण पूरा

दाङको लमहीमा जारी प्रधामन्त्री (पीएम) कप महिला क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ।
 |  बिहीबार, पुस १६, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १६, २०७७

काठमाडौं– दाङको लमहीमा जारी प्रधामन्त्री (पीएम) कप महिला क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ।

आज (बिहीबार) समूह चरणको अन्तिम खेलमा प्रदेश १ ले गण्डकीविरुद्ध सानदार जित निकालेसँगै सेमिफाइनल समीकरण पूरा भएको हो।

प्रतियोगितामा सम्मिलित आठ टिमलाई नेपाल क्रिकेट संघ (क्यान)ले दुई समूहमा बाँडेर खेल गराएको थियो।

समूह ए अन्तर्गत सशस्त्र प्रहरीको विभागीय टिम एपीएफ, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र प्रदेश २ थिए। त्यस्तै समूह बी अन्तर्गत प्रदेश १, सुदूरपश्चिम प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश थिए।

सिंगल राउन्ड रोबिन शैलीमा सञ्चालित समूह चरणको खेलबाट सतप्रतिशत जित निकाल्दै एपीएफ समूह ए को विजेता बनेको छ भने एक खेलमा हार बेहोरेको लुम्बिनी उक्त समूहको उपविजेता छ। प्रदेश २ र कर्णाली बाहिरिसकेका छन्।

यता समूह बी तर्फ लगातार तीन जित निकाल्दै प्रदेश १ समूह विजेता बनेको छ भने एक खेलमा हार बेहोरेको सुदूरपश्चिम समूहको दोस्रो स्थानमा छ। गण्डकी र बागमती भने बाहिरिसकेका छन्।

समूह चरणका खेल सकिएपछि समूह ए बाट एपीएफ र लुम्बिनीले सेमिफाइनल खेल्ने टुंगो लागिसकेको थियो। त्यस्तै आज समूह बी अन्तर्गतका खेल सम्पन्न भएसँगै प्रदेश १ र सुदूरपश्चिमले सेमिफाइनल खेल्ने टुंगो लागेको छ।

समूह ए को विजेता एपीएफले अब समूह बीको उपविजेता सुदूरपश्चिम प्रदेशसँग खेल्नेछ। त्यस्तै, समूह बीको विजेता प्रदेश १ ले समूह एको उपविजेता लुम्बिनी प्रदेशसँग खेल्नेछ।

पीएम कपको सेमिफाइनलका दुवै खेल पर्सी (पुस १८ गते) हुनेछ। जहाँ बिहानको खेलमा एपीएफले सुदूरपश्चिमसँग खेल्नेछ।

सोही दिन दिउँसोको दोस्रो सेमिफाइनल खेलमा प्रदेश १ ले लुम्बिनी प्रदेशसँग खेल्नेछ। फाइनल खेल पुस १९ गते दिउँसो ११ बजे सुरु हुनेछ।

प्रकाशित: Dec 31, 2020| 11:33 बिहीबार, पुस १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।