सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मतदाता नामावलीमा त्रुटि भए सच्याउन निर्वाचन आयोगको आग्रह

मतदाता नामावलीमा त्रुटि भए सच्याउन निर्वाचन आयोगको आग्रह

निर्वाचन आयोगले सरकारले मध्यावधि निर्वाचनको मिति तोकिसकेको भन्दै मतदाता नामावलीमा त्रुटि भए सच्याउन आग्रह गरेको छ।
 |  बिहीबार, पुस १६, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १६, २०७७

काठमाडौं- निर्वाचन आयोगले सरकारले मध्यावधि निर्वाचनको मिति तोकिसकेको भन्दै मतदाता नामावलीमा त्रुटि भए सच्याउन आग्रह गरेको छ।

आज (बिहीबार) एक सूचना जारी गर्दै आयोगले आगामी माघ १५ गतेदेखि २१ गतेसम्म सबै स्थानीय तहको केन्द्रमा मतदाता नामावली अद्यावधिक कार्यक्रम गरिने भएकाले उक्त समयावधिभित्र नामावलीमा भएको त्रुटि सच्याउन आयोगले आग्रह गरेको हो।

‘तोकिएको अवधिभित्र सम्बन्धित स्थानीय तहको केन्द्रमा गई मतदाता नामावलीमा समावेश भएको आफ्नो विवरणमा रहेको त्रुटि सच्याउन निवेदन दिने, मृत्यु भएका वा बसाइ सरी गएका वा दोहोरो नाम रहेका मतदाताको नाम हटाउन सूचना दिने तथा झुट्टा विवरण दिई कोही कसैले मतादता नामावलीमा नाम समावेश गरेको भए सोको विरुद्धमा उजुरी दिनका लागि सम्पूर्ण मतदातामा निर्वाचन अयोग हार्दिक अनुरोध गर्दछ।’ विज्ञप्तिमा भनिएको छ।

विज्ञप्तिमा आयोगले सरकारले आगामी बैशाख १७ गते र २७ गते दुई चरणमा प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा गरिसकेको उल्लेख गर्दै मतदाता नामावली संकलन कार्य स्थगन गरिसकेको जानकारी दिएको छ।

साथै आयोगले आयोगले आगामी निर्वाचनमा मतदाता बन्न गत पुस ५ गते १८ वर्ष पुरा भएको हुनुपर्ने उल्लेख गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘आयोगबाट मतादता नामावलीमा नाम दर्ता भई सम्बत् २०७७ पुस ५ गतेसम्म १८ वर्ष उमेर पुरा भएको हुनुपर्ने गरी तोकिसकेको छ। तसर्थ, आयोगले उक्त मितिमा १८ वर्ष उमेर पुग्ने व्यक्तिहरुको मतदाता नामावली अद्यावधिक गरी अन्तिम मतदाता नामावली तयार गर्नका लािग माघ १५ देखि २१ गतेसम्म सबै स्थानीय तहको केन्द्रमा मतदता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्दै छ।’

प्रकाशित: Dec 31, 2020| 11:05 बिहीबार, पुस १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।