शुक्रबार, असोज २, २०८३

सिद्धार्थ बैंकको रिभर्स फ्याक्टरिङ सुविधा

सिद्धार्थ बैंक लिमिटेडले बैंकका विद्यमान तथा सम्भाव्य ग्राहकलाई लक्षित गरी रिभर्स फ्याक्टरिङ सेवा सञ्चालनमा ल्याएको छ ।
 |  बिहीबार, पुस १६, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १६, २०७७

काठमाडौं– सिद्धार्थ बैंक लिमिटेडले बैंकका विद्यमान तथा सम्भाव्य ग्राहकलाई लक्षित गरी रिभर्स फ्याक्टरिङ सेवा सञ्चालनमा ल्याएको छ ।

यस सेवाअन्तर्गत बैंकले कर्जा सुबिधा उपभोग गरिरहेका ग्राहकलाई व्यावसायिक प्रयोजनका लागि वस्तु खरिद गर्दा विभिन्न निर्माता तथा वितरकहरुबाट जारि गरिएको आवधिक इनभ्वाइसलाई निश्चित शुल्क लिई डिस्काउन्ट गरी इनभ्वाइस वापतको रकम तत्काल बिक्रीवितरकलाई उपलव्ध गराउने छ ।

यसबाट खरिदकर्ता ग्राहकले बिक्री वितरकवाट विशेष सहुलियतमा वस्तु खरिद गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ । यो सुविधा बैंकले एफवान सफ्ट इन्टरनेशनल प्राइभेट लिमिटेद्वारा यूकेएड सक्षम एक्सेस टु फाईनान्स प्रोग्रामसँगको सहकार्यमा विकसित क्विक भुक्तानी नामक प्लाटफर्मबाट कार्यान्वयन गर्ने बताइएको छ ।
 

प्रकाशित: Dec 31, 2020| 10:10 बिहीबार, पुस १६, २०७७
प्रतिक्रिया दिनुहोस्