शुक्रबार, असोज २, २०८३

क्लब हिमालय नगरकोटमा न्यू इयर स्पेसल कार्यक्रम

 |  बिहीबार, पुस १६, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १६, २०७७

काठमाडौं– नगरकोटस्थित क्लब हिमालय नगरकोटले नयाँ वर्ष २०२१ लाई विशेष बनाउने उद्देश्यका साथ डिसेम्बर ३१ र जनवरी १ तारिखमा प्रख्यात सांगीतिक ब्याण्डहरुबाट सांगीतिक कार्यक्रमका साथ न्यू इयर स्पेसल कार्यक्रम गर्ने भएको छ।

आबिट्रेरी एक्सपेरियन्स २०२१ नाम दिइएको उक्त कार्यक्रममा सुभेक्षा राई कोइराला र सन्देश आशिस महर्जन, सन्देश रोजिलेन्ड श्रेष्ठ, रन्जित नेपाली र इलिमेन्स ब्यान्डले कार्यक्रम प्रस्तुत गर्ने बताइएको छ। डिजे वि.पी.एम, डिजे सेसी र डिजे दानले डिजेको भुमिका निर्वाह गर्नेछन्।

विशेषगरी आन्तरिक पर्यटकलाई लक्षित गरी आयोजना गरिएको यस अफरमा रु. १० हजारमै एक जोडीले बेड एण्ड ब्रेकफास्ट सहितको क्लब हिमालय नगरकोटमा मनोरम बसाइ गर्न सक्नेछन्।

उच्च स्वास्थ्य सुरक्षाका साथ पुनः सञ्चालनमा आएको होटलले पाहुनाहरुको स्वास्थ्यलाई प्रमुख प्राथमिकतामा राख्दै विश्व स्वास्थ्य संगठन र नेपाल पर्यटन बोर्डको स्वास्थ्य सम्बन्धी निर्देशिकालाई उच्च पालना गर्दै सिमित पाहुनालाई मात्र सेवा दिँदै आएको बताएको छ।
 

प्रकाशित: Dec 31, 2020| 10:07 बिहीबार, पुस १६, २०७७
प्रतिक्रिया दिनुहोस्