सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • क्षणिक स्वार्थका लागि अनर्गल गालीगलौजमा नलाग्नुस् : नारायणकाजी

क्षणिक स्वार्थका लागि अनर्गल गालीगलौजमा नलाग्नुस् : नारायणकाजी

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी कार्यकर्ताहरुलाई एकअर्काविरुद्ध गालीगलौजमा नलाग्न आग्रह गरेका छन्।
 |  बिहीबार, पुस १६, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १६, २०७७

काठमाडौं- नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी कार्यकर्ताहरुलाई एकअर्काविरुद्ध गालीगलौजमा नलाग्न आग्रह गरेका छन्।

उनले आज सामाजिक सञ्जाल फेसबुक मार्फत् कार्यकर्ताहरुलाई विचार, सिद्धान्त, राजनीति, मूल्य र तथ्यमा आधारित भएर छलफल तथा बहस गर्न आग्रह गरेका हुन्।

पुष्पकमल दाहाल–माधव नेपाल समूहमा रहेका श्रेष्ठले प्रतिनिधिसभा विघटन गर्ने प्रतिगामी कदमविरुद्ध आफूहरुले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र समाजवादउन्मुख समावेशी लोकतन्त्रको पक्षमा संघर्ष गरिरहेको पनि उल्लेख गरेका छन्।

साथै उनले पुस ५ गते असंवैधानिक कदम चालेर प्रतिनिधिसभा विघटन गरेको र पुस ७ गते पार्टीलाई कमजोर पार्ने तथा कम्युनिष्ट आन्दोलनलाई विसर्जन गर्ने उद्देश्यका साथ गुटगत कदमलाई उत्कर्षमा पु¥याएको आरोप पनि फेसबुकमार्फत् लगाएका छन्।

श्रेष्ठले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओलीले गुट चलाए पनि पार्टी विभाजन नभएको संकते गर्दै कसैले कसैप्रति गालीगलौजमा नउत्रिन अपिल गरेका हुन्।

प्रकाशित: Dec 31, 2020| 10:05 बिहीबार, पुस १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।