काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) २५.२१ अंकले बढेको छ।
२०७९ बाट सुरु भएको बजार १२ बजेर ४१ मिनेटमा २११२ अंकमा पुगेको थियो। त्यसपछि क्रमशः ओरालो लागेर २०८७.२७ अंकमा पुगेर रोकिएको हो।
आज २०७ कम्पनीको १ करोड १४ लाख ६४ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ७० करोड ३४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
बिहीबार निर्जिवन बिमा समूहको सूचक ९४.४३ अंकले ओरालो लागेको छ भने बाँकी सबै समूहको सूचक उकालो लागेको छ।
बैंकिङ समूह ३०.५७, व्यापार १८७.७३, होटल १.३१, विकास बैंक १४.३१, फाइनान्स ४.२९ अंकले बढेको छ।
त्यस्तै उत्पादन २.४५, माइक्रोफाइनान्स ०.१८ र जीवन बिमा समूहको सूचक १७२.७१ अंकले उकालो लागेको छ।
बिहीबार साल्ट ट्रेडिङ कर्पोरेसनका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् भने नारायणी विकास बैंकका लगानीकर्ताले बढी गुमाएका छन्।