सोमबार, भदौ २२, २०८३

प्रदेश १ : मुख्यमन्त्रीले गरे १५ सांसदलाई निलम्बन

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले १५ जना सांसदलाई तीन महिनाका लागि निलम्बन गरेका छन्। 
 |  बिहीबार, पुस १६, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १६, २०७७

विराटनगर–प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले १५ जना सांसदलाई तीन महिनाका लागि निलम्बन गरेका छन्। 

आफूविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका ३७ मध्ये १९ जनालाई मात्र स्पष्टीकरण सोधिएको थियो। स्पष्टीकरण सोधिएका मध्ये ४ जनाबाहेक १५ जनालाई तीन महिनाका लागि निलम्बन गरेको प्रमुख सचेतक वुद्धिकुमार राजभण्डारीले जानकारी दिए। 

बिहीबार निलबन गरिएकामा सांसदहरु भीमप्रसाद आचार्य, जीवन घिमिरे, इन्द्रबहादुर आङ्बो, विजयकुमार विश्वास, सावित्राकुमारी रेग्मी, उपेन्द्र घिमिरे, लिलावल्लभ अधिकारी, राजेन्द्रकुमार राई, यशोधा अधिकारी, लछुमन तिवारी, मोहनकुमार खड्का, कुलप्रसाद साम्बा, धिरेन्द्र शर्मा, टंक आङबुहाङ र कुसुमकुमारी श्रेष्ठ छन्। 

सांसदहरु तुलसीप्रसाद न्यौपाने, उषाकला राई, झलकवहादुर मगर र रामकुमार राईले मौखिक जवाफ दिएकोले उनीहरूलाई कारबाही नगरिएको बताइएको छ। 

यसअघि आजै बिहान संसदीय दलको बैठकले मुख्यमन्त्री राईलाई बर्खास्त गर्दै भीम आचार्यलाई दलको नेतामा चयन गरिएको थियो। 

प्रकाशित: Dec 31, 2020| 09:03 बिहीबार, पुस १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।