सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विद्युत् कटौती अन्त नगरिए आन्दोलनमा उत्रने नेविसंघको चेतावनी

विद्युत् कटौती अन्त नगरिए आन्दोलनमा उत्रने नेविसंघको चेतावनी

काठमाडौं उपत्यका लगायत देशका विभिन्न भूभागमा दैनिक भइरहेको विद्यत् कटौतीप्रति नेपाल विद्यार्थी संघले विरोध गरेको छ। 
 |  बिहीबार, पुस १६, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १६, २०७७

काठमाडौं– काठमाडौं उपत्यका लगायत देशका विभिन्न भूभागमा दैनिक भइरहेको विद्यत् कटौतीप्रति नेपाल विद्यार्थी संघले विरोध गरेको छ। 

विद्युत् कटौतीबाट अनलाइनमार्फत पढिरहेका धेरै विद्यार्थीले थप समस्या भोग्न थालेको भन्दै संघले आपत्ति जनाएको हो। 

संघले विद्युत् कटौती तत्काल अन्त गर्न माग गर्दै अन्यथा आन्दोलनमा उत्रने चेतावनी दिएको छ।

संघका महामन्त्री बलदेव तिमल्सिनाले बिहीबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘अधिकांश स्थानमा दैनिक पाँच पटकसम्म आपूर्ति अवरुद्ध हुँदा अनलाइनमार्फत पढिरहेका तथा परीक्षामा सहभागी हुनुपर्ने विद्यार्थीलाई प्रत्यक्ष असर पारेको छ।’ 

बिजुलीको माग घटी हुँदा पनि भारतबाट हुने आयात बढेको र काठमाडौंमा अधिकतम माग गत वर्ष जति नपुग्दा पनि निरन्तर बिजुली कटौती हुनुले नेपाल विद्युत् प्राधिकरण र सरकार अत्यन्त  गैरजिम्मेवार रहेको पुष्टि भएको संघको ठहर छ। 

विद्युत् आपूर्ति कटौती गर्दा अनलाइन कक्षा तथा साना तथा मझौला व्यवसायीको व्यवसाय बन्द हुने अवस्थामा पुग्नु अत्यन्त दुःखद रहेको विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा उल्लेख छ, ‘लोडसेडिङ सधैंका निम्ति अन्त गराउने नेतृत्वलाई प्राधिकरणबाट गलहत्याइनु, विगतमा दैनिक १८ घन्टासम्म लोडसेडिङ गराउने व्यक्तिले ऊर्जा मन्त्रालय सम्हाल्नुले योजनाबद्ध ढंगबाट सरकार अँध्यारो इतिहासको पुनरावृत्तितर्फ लागेको प्रस्ट छ।’ 

संघले प्राधिकरणमा व्याप्त चुहावट, चोरी नियन्त्रण र अनियमितता रोक्न र विद्युत आपूर्तिमा सहजता अपनाउन माग गरेको छ।

तिमल्सिनाले भनेका छन्, ‘ विद्यार्थीले भोगिरहेको यो जटिल समस्याको तत्काल समाधानका लागि आवश्यक पहल गर्दै विद्युत् आपूर्ति सहज गर्न र अघोषित रुपले दैनिक हुने गरेको लोडसेडिङको अन्त गर्न माग गर्दै अन्यथा कडा संघर्षमा उत्रने चेतावनी दिन चाहन्छु।’

प्रकाशित: Dec 31, 2020| 08:59 बिहीबार, पुस १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।