सोमबार, भदौ २२, २०८३

प्रदेश १ नेकपा संसदीय दलको नेतामा आचार्य

प्रदेश १ नेकपा संसदीय दलको नेतामा भीम आचार्य चयन भएका छन्।
 |  बिहीबार, पुस १६, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १६, २०७७

विराटनगर– प्रदेश १ नेकपा संसदीय दलको नेतामा भीम आचार्य चयन भएका छन्। मुख्यमन्त्री शेरधन राईलाई बहुमत सदस्यहरुले हटाएर आचार्यलाई दलको नेता छानेका हुन्।

नेकपाको संसदीय दलका ६७ सदस्यमध्ये ३६ जनाको हस्ताक्षरसहित दलको नेताबाट राईलाई हटाएर आचार्यलाई चयन गरिएको पत्र बिहीबार प्रदेशसभामा दर्ता भएको छ। नेकपा संसदीय दलको नेता परिवर्तन गर्न यसअघि प्रदेशसभाका ३६ सदस्यले उपेनता टंक आङ्बुहाङलाई पत्र बुझाएका थिए।

पत्र प्राप्त भएपछि आङ्बुहाङले पुस १९ गते संसदीय दलको बैठक बोलाएकोमा मुख्यमन्त्री राईले अविश्वास प्रस्ताव पेश गर्नेलाई स्पष्टीकरण सोधेपछि बिहीबार बिहान नै आकस्मिक रुपमा संसदीय दलको बैठक बोलाइएको थियो।

बहुमत सदस्यको अविश्वास प्रस्ताव आएपछि दलको नेताको हैसियतमा कुनै पनि काम नगर्न सुचित गरेको भए पनि मुख्यमन्त्रीले स्पष्टीकरण सोध्ने र सांसदलाई धम्क्याउने काम गरेकोले आकस्मिक रुपमा दलको बैठक बोलाएको नेता आङ्बुहाङले बताए। 

दलका उपनेता आङ्बुहाङले प्रदेश १ प्रदेशसभा सचिवालयमा पुगेर दलको नेताबाट वर्तमान मुख्यमन्त्री तथा आफ्नो दलका नेता राईलाई बहुमत सांसदहरुले निष्कासन गरेको पत्र दर्ता गराएको सभामुख प्रदिपकुमार भण्डारीले जानकारी दिए।     

यसअघि गत आइतबार मुख्यमन्त्री राईविरुद्ध संसदमा नेकपाकै ३७ जना सांसदहरुले प्रदेशसभामा अविश्वासको प्रस्ताव पेश गरेका थिए। सोही दिन नेकपा संसदीय दलको नेताबाट पनि उनलाई हटाउन ३६ जना सांसदले संसदीय दलका उपनेता आङ्बुहाङलाई पत्र बुझाएका थिए।

प्रकाशित: Dec 31, 2020| 08:32 बिहीबार, पुस १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।