सोमबार, चैत २, २०८२

पीएम कप क्रिकेट : बागमतीलाई हराउँदै सुदूरपश्चिम सेमिफाइनलमा

मौसमले प्रभावित बनाएको खेलमा बागमती प्रदेशलाई पराजित गर्दै सुदूरपश्चिम प्रदेश प्रधानमन्त्री कप महिला टी–२० क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ।
 |  बिहीबार, पुस १६, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १६, २०७७

काठमाडौं– मौसमले प्रभावित बनाएको खेलमा बागमती प्रदेशलाई पराजित गर्दै सुदूरपश्चिम प्रदेश प्रधानमन्त्री कप महिला टी–२० क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ।

National life

सुदूरपश्चिमले बागमतीलाई २८ रनले हराएको हो। प्रतिकूल मौसमका कारण ११ ओभरमा छोट्याइएको खेलमा टस जितेर ब्याटिङ राजेको सुदूरपश्चिमले चार विकेटको क्षतिमा ७६ रन जोडेको थियो।

७७ रनको लक्ष्यका साथ मैदान छिरेको बागमती पूरा ओभर खेलेर ४८ रनमै समेटिएपछि खेल सुदूरपश्चिमले जित्यो। सुदूरपश्चिमका लागि कविता कुँवरले १९ रन बनाइन् भने डोल्ली भट्ट सर्वाधिक २८ रन जोड्दै अविजित रहिन्। निर्धारित लक्ष्यका लागि कविता जोशीले १२ रन बनाउँदा सुदूरपश्चिमलाई अतिरिक्त १० रन प्राप्त भयो।

बागमतीका लागि आरती विडारीले तीन र निशा तामाङले एक विकेट लिए। जवाफी ब्याटिङमा आएको बागमतीकी सुमन खतिवडाले २७ रन बनाउनुबाहेक अन्य खेलाडीले सम्झनलायक प्रदर्शन गरेनन्।

प्लेयर अफ दि म्याच बनेकी सुदूरपश्चिमकी कविता जोशीले पाँच विकेट गिराइन् भने कविता कुँवर, रितु कनौजिया र लक्ष्मी साउदले १–१ विकेट लिए।

Laxmi sunrise bank
kumari

जितसहित सुदूरपश्चिमले अंकतालिकामा चार अंक बनाएको छ। चार अंकसहित ऊ सेमिफाइनलमा प्रवेश गरेको हो। समूह बीको शीर्षस्थानमा रहेको प्रदेश १ ले आजै हुने दोस्रो खेलमा जितविहीन गण्डकी प्रदेशको सामना गर्नेछ। उसले एक खेल अगावै सेमिफाइनल प्रवेश पाइसकेको छ।

समूह बी का दुवै खेलमा पराजित हुँदै गण्डकी प्रतियोगिताबाट बाहिरिसकेको छ। त्यस्तै आजको पहिलो खेलमा दोस्रो हार बेहोरेपछि दुई अंक बनाएको बागमती पनि बाहिरिएको छ।

प्रकाशित: Dec 31, 2020| 07:56 बिहीबार, पुस १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।