बिहीबार, असोज ३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • भेरी-बबई परियोजना : पहिलो चरणमा प्रशंसा, अहिले ढिलासुस्ती

भेरी-बबई परियोजना : पहिलो चरणमा प्रशंसा, अहिले ढिलासुस्ती

सुरुङ निर्माणको काम निर्धारित समयभन्दा अगाडि नै सम्पन्न गरेर प्रशंसा बटुलेको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय परियोजना दोस्रो चरणको काममा भने सुस्त देखिएको छ।
 |  बिहीबार, पुस १६, २०७७
nespernesper

देव राना

देव राना

बिहीबार, पुस १६, २०७७

सुर्खेत- सुरुङ निर्माणको काम निर्धारित समयभन्दा अगाडि नै सम्पन्न गरेर प्रशंसा बटुलेको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय परियोजना दोस्रो चरणको काममा भने सुस्त देखिएको छ।

triton college

सुरुङ निर्माणपछि विद्युत् गृह शिलान्यास भएको वर्ष दिन पुग्दा पनि काम सुरु भएको छैन। २०७६ मंसिर १६ गते तत्कालीन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले आयोजनाको बाँध र विद्युत गृहको शिलान्यास गरेका थिए।

तर शिलान्यास भएको वर्ष दिन पुग्दा पनि विद्युत गृह निर्माणको काम सुरु हुन नसकेको आयोजनाका इिन्जिनियर एवम् सूचना अधिकारी ईश्वरीप्रसाद तिवारीले जनाए। ‘विद्युत गृह निर्माणभन्दा अगाडि गरिने १५ प्रतिशत काम सकिएको छ, तर मुख्य काम सुरु भएकै छैन’ तिवारीले भने, ‘अबको एक/दुई हप्तापछि विद्युत गृहको काम पनि सुरु हुन्छ।’ वर्ष दिन गुज्रिँदा पनि विद्युत गृहको काम सुरु नभएपछि तोकिएकै समयमा आयोजना सम्पन्न हुनेमा आशंका उब्जिएको छ।

राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाले पहिलो चरणमा निर्धारित समयभन्दा एक वर्षअघि नै सुरुङ निर्माण सकेको थियो।

त्यस्तै भेरी नदीमा बाँधको कामसमेत अपेक्षित गतिमा हुन सकेको छैन। नदीमा ११४ मिटर लामो र १४ मिटर अग्लो पुलसहितको ६ ढोका राखेर बाँध निर्माण गर्नुपर्ने छ। पानीको बहाव बढी हुने भएका कारण वर्ष दिनमा चार महिनामात्रै बाँधको काम गर्न सकिन्छ। आयोजनाले भने कोरोना महामारीका कारण विद्युत गृह निर्माण शुरू हुन नसकेको जनाएको छ।

Metro Mart
vianet

दोस्रो चरणअन्तर्गत बाँध र पावर हाउस (विद्युत् गृह) निर्माणको जिम्मा चीनको ग्वाङ्डोन–युनाटियन र नेपालको रमण कन्स्ट्रक्सन जेभीले लिएका छन्। अनुमानित रकमभन्दा कम लागतमा ठेक्का लिएपछि दोस्रो चरणको काम तोकिएकै समयमा सम्पन्न हुने आशंका छ। कुल ८ अर्ब लागत अनुमान गरिएको ठेक्का ग्वाङ्डोन/रमणले ६ अर्ब १६ करोड ५२ लाख १५ हजार ७७५ रुपैयाँको लिएको छ।

सम्झौताअनुसार ठेकेदार कम्पनीले चार वर्षभित्र विद्युतगृह निर्माण सक्नुपर्ने छ। 

सडक विभागले कालो सूचीमा राख्न निर्देशित गरेको र विवादित कम्पनीलाई कम्पनीलाई ठेक्का दिएको भन्दै सुरुमै स्थानीयले असन्तुष्टि जनाएका थिए। 

आयोजनाबाट चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप लिमिटेड (कोभेक) बाहिरिएसँगै निर्माणको काम सुस्ताएको छ। कोभेकले नेपालमै पहिलोपटक टनेल बोरिङ मेसिन (टिबिएम) बाट आयोजनाको १२.२ किलोमिटर सुरुङ खनेर चर्चा कमाएको थियो। निर्धारित समयभन्दा एक वर्षअघि सुरुङ निर्माण सकिएपछि दोस्रो चरणको काम पनि कोभेकलाई दिन स्थानीयले आयोजनालाई अनुरोध गरेका थिए।

आयोजनाको हाल बाँध निर्माणतर्फ क्याम्प, क्रसर प्लान्ट, ब्याचिङ प्लान्ट र सुरुङ फिनिसिङको काम भइरहेको छ। भेरी नदीको पानी (भेरीगंगा नगरपालिका–९ चिप्लेबाट भेरीगंगा–१ को हात्तीखाल) बबइमा खसालिने छ।

आयोजनाबाट बाँके र बर्दियाको ५२ हजार हेक्टर क्षेत्रफल सिँचाइ र हात्तीखालमा ४८ मेगावाट विजुली उत्पादन गर्ने योजना छ। मुख्य रुपमा सिँचाइका लागि बनाइएको यो आयोजनाबाट वार्षिक करिब ४ अर्ब ३ करोड बराबरको बिजुली उत्पादन हुने अनुमान गरिएको छ। आयोजना सम्पन्न गर्न कुल ३३ अर्ब १९ करोड खर्च हुने अनुमान छ। आयोजनाको सम्पूर्ण काम आर्थिक वर्ष २०७९/८० सम्म सक्ने लक्ष्य छ।

प्रकाशित: Dec 31, 2020| 07:55 बिहीबार, पुस १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।