सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौंमा यस वर्षकै बढी चिसो, आज शून्य दशमलव आठ डिग्री तापक्रम

काठमाडौंमा यस वर्षकै बढी चिसो, आज शून्य दशमलव आठ डिग्री तापक्रम

काठमाडौंको न्यूनतम तापक्रम आज (बिहीबर) शून्य दशमलव आठ डिग्रीमा झरेको छ। 
 |  बिहीबार, पुस १६, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १६, २०७७

काठमाडौं– काठमाडौंको न्यूनतम तापक्रम आज (बिहीबर) शून्य दशमलव आठ डिग्रीमा झरेको छ। 

काठमाडौं उपत्यकाको तापक्रम घटेसँगै आज यस वर्षकै बढी चिसो भएको छ। काठमाडौंसहित देशभर चिसो बढेको हो। तराई क्षेत्रमा बाक्लो हुस्सुले जनजीवन प्रभावित बनेको छ। 

जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार काठमाडौंको न्यूनतम तापक्रम १ दशमलव १ डिग्री सेल्सियस थियो। काठमाडौं उपत्यकाको तापक्रम अबका केही दिन निरन्तर घट्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले बताए। 

‘उपत्यकाको तापक्रम माइनसमा पुग्ने सम्भावना भने कमै  छ’, मौसमविद् प्रधानाङ्गले भने। 

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको अधिकतम तापक्रम १६ दशमलव ६ डिग्री सेल्सियस छ। 

त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ८ दशमलव ५ डिग्री र सबैभन्दा धेरै विराटनगरको न्यूनतम तापक्रम ८ दशमलव २ डिग्री सेल्सियस छ। 

प्रकाशित: Dec 31, 2020| 06:13 बिहीबार, पुस १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।