सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • 'लोकतन्त्रमाथि खतरा उत्पन्न भए कांग्रेस चुप लागेर बस्दैन'

'लोकतन्त्रमाथि खतरा उत्पन्न भए कांग्रेस चुप लागेर बस्दैन'

ओलीको कदम अलोकतान्त्रिक हो भनेर भनिराखेका छौँ, यस कदमका विरुद्ध देशभर हाम्रो पार्टीले आवाज उठाइरहको छ। 
 |  बिहीबार, पुस १६, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १६, २०७७

काठमाडौं– कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रमाथि नै खतरा उत्पन्न भए पार्टी चुप लागेर नबस्ने बताएका छन्। 

सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले अचानक संसद् विघटन गरेर असंवैधानिक कदम चालेको बताए।

‘ओलीको कदम अलोकतान्त्रिक हो भनेर भनिराखेका छौँ, यस कदमका विरुद्ध देशभर हाम्रो पार्टीले आवाज उठाइरहको छ,’ उनले भने, ‘सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभाव नपार्ने गरी हामी संसद् विघटनको विरोध गरिरहेका छौँ।’ 

कांग्रेसको राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले बिहीबार आयोजना गरेको ‘नेपाली राजनीतिमा मेलमिलापको सान्दर्भिकता’ विषयक भर्चुअल कार्यक्रमलाई  सम्बोधन गर्दै देउवाले अदालतको निर्णयलाई सम्मान गर्ने दोहोर्‍याए।

‘अदालतको निर्णयमा प्रभाव पार्ने काम लोकतान्त्रिक हुँदैन। हामी अदालतको निर्णयलाई सम्मान गर्नेछौं। निर्णय पर्खिरहेका छौं,’ उनले भने, ‘हामीले लोकतान्त्रिक र अहिंसात्मक तरिकाले अघि बढ्नुपर्छ।’ 

देउवाले अदालतमा विचाराधीन मुद्दामा आन्दोलनका नाममा भोलि कुनै पनि सरकारबाट अदालतविरुद्ध आन्दोलन हुने गलत अभ्यास नबसोस् भनेर पार्टी सचेत रहेको बताए।

‘ओलीले अचानक संसद् विघटनको सिफारिस गरेर  असंवैधानिक कदम चालेका छन्। हामीले त्यो अलोकतान्त्रिक कदम हो भनिराखेका छौं,’ सभापति देउवाले भने, ‘लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकाले हामी लोकतन्त्रमाथि नै खतरा हुने अवस्थामा चुप लागेर बस्दैनौँ।’  

उनले आगामी दिनमा थप चनाखो भएर हिँड्नुपर्ने बताउँदै भने, ‘कुनै पनि किसिमले लोकतन्त्रमाथि खतरा उत्पन्न हुने स्थिति आए कांग्रेस चुप लागेर बस्दैन।”

प्रकाशित: Dec 31, 2020| 05:20 बिहीबार, पुस १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।