सोमबार, भदौ २२, २०८३

अपराध नियन्त्रणका लागि प्रहरी घरघरमा

महिला, बालबालिका र ज्येष्ठ नागरिकमाथि हुनसक्ने अपराध, हिंसा रोकथाम र नियन्त्रण गर्ने उद्देश्यले अभियान चलाइएको हो।
 |  बिहीबार, पुस १६, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १६, २०७७

चितवन– अपराध नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय चितवनले घरदैलो अभियान सुरु गरेको छ। 

जिल्ला प्रहरी कार्यालय चितवनको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र (महिला सेल) ले घरदैलो (डोर टु डोर) सचेतना अभियान सञ्चालन गरेको हो। 

महिला, बालबालिका र ज्येष्ठ नागरिकमाथि हुनसक्ने अपराध, हिंसा रोकथाम र नियन्त्रण गर्ने उद्देश्यले अभियान चलाइएको हो।  ‘स्पेशल टास्क डोर टु डोर अवार्नेस’ कार्यक्रम प्रभावकारी बनेको सेलका प्रमुख प्रहरी निरीक्षक प्रवीना गिरीले बताइन्। 

अभियानले गर्दा उजुरी दिन प्रहरी कार्यालय नै धाउनुपर्ने बाध्यता हटेको उनको भनाइ छ। 

उनले भनिन्, ‘हिंसा वा आपराधिक गतिविधिको गोप्य सूचना प्रहरीका स्थानीय इकाइमै दिन सकिनेबारे जानकारी गराइएको छ, जसले गर्दा जिल्लामा भीड कम भएको छ।’ अपराध तथा घटनाको प्रवृत्तिअनुसार उजुरी दिन सकिने ठाउँबारे अभियानमार्फत जानकारी दिने गरिएको छ।

चितवन महिला सेलमा आएका उजुरी घरेलु हिंसा, जबर्जस्ती करणी, करणी उद्योग, बाल यौन दुरुपयोग र लागुऔषध दुर्व्यसनीलाई मूल्याङ्कन गरी बढी आपराधिक घटना भएको स्थानलाई मुख्य प्राथमिकतामा राखिएको छ। 

कानून र सजाय व्यवस्थाबारे स्थानीय जानकार बनेपछि घरेलु हिंसा, कुटपिटलगायतका घटनामा उल्लेख्य कमी आएको उनले बताइन्।  

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङले महिला प्रहरी मोटरसाइकलमा घरघरमा पुगेर अभियान सञ्चालन गरिरहेको जानकारी दिए।  

प्रकाशित: Dec 31, 2020| 04:48 बिहीबार, पुस १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।