सुर्खेत– कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले १० औँ राष्ट्रिय खेलकूद प्रतियोगिता कर्णालीमै गर्ने बताएका छन्।
सामाजिक विकास मन्त्रालयद्वारा बुधबार आयोजित कर्णाली प्रदेश खेलकूद परिषद्का नवनियुक्त पदाधिकारी तथा सदस्यको ‘पद तथा गोपनीयताको शपथ ग्रहण’ कार्यक्रममा मन्त्री रावलले १०औँ राष्ट्रिय खेलकूद प्रतियोगिता सञ्चालनको लागि अब संरचना निर्माणमा प्रदेश सरकार लाग्ने बताए।
‘प्रदेश सरकार अब उक्त खेलकूद प्रतियोगिता सम्पन्न गर्नका लागि पूर्वाधार विकासमा लाग्छ’, मन्त्री रावलले भने, ‘हाम्रासामु निकै महत्वपूर्ण भूमिका र चुनौती दुवै छन्।’
खेल क्षेत्रमा कार्यरत व्यावसायिक जनशक्ति राम्रो र प्रभावशाली टोली भएकाले यसले खेल क्षेत्रमा केही गर्छ भन्ने पूर्ण अपेक्षा गरेको उनले जिकिर गरे।