सोमबार, चैत २, २०८२

लिभरपुललाई गोलरहित बराबरीको झट्का

इंग्लिस प्रिमियर लिग (ईपीएल)को लिग लिडर लिभरपुल बुधबार राति सम्पन्न खेलमा बराबरीमा रोकिएको छ।
 |  बिहीबार, पुस १६, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १६, २०७७

काठमाडौं– इंग्लिस प्रिमियर लिग (ईपीएल)को लिग लिडर लिभरपुल बुधबार राति सम्पन्न खेलमा बराबरीमा रोकिएको छ। वर्षका उत्कृष्ट प्रशिक्षक योर्गेन क्लोपको टिम न्युकासलको मैदानमा गोलरहित बराबरीमा रोकिएको हो।

National life

खेलमा फरवार्ड मोहम्मद सलाहले प्रहार गरेको बल दुवै पटक गलत ठाउँमा परेपछि लिभरपुल अग्रता बनाउनबाट चुकेको थियो।

त्यस्तै, साडियो मानेले ८० औं मिनेटमा गोललाइनबाट प्रहार गरेको बल न्युकासलका फाबियन स्चरले सजिलै नियन्त्रणमा लिँदा लिभरपुलले गोल गर्न नसकेको हो।

पेचिलो प्रतिस्पर्धा भइरहेको ईपीएलमा बराबरीका बाबजुद लिभरपुल तीन अंकका अग्रतासँगै शीर्षस्थानमा छ। तर एक खेल कम खेलेको म्यानचेस्टर युनाइटेड लिभपरपुलभन्दा तीन अंकले पछि छ।

अर्को खेलमा युनाइटेडले जित निकाले लिभरपुलसँग बराबरी गर्नेछ। यस्तो अवस्थामा लिभरपुललाई शीर्षस्थानमा अंकदूरी बढाउन धेरै गाह्रो पर्ने देखिन्छ।

Laxmi sunrise bank
kumari

तर प्रशिक्षक क्लोप शीर्षस्थानमा हुनु राम्रो रहे पनि यो सबैकुरा नभएको बताउँछन्। उनले खेलपछि भने, ‘हामीले आज राति बराबरी गर्यौँ। अझै टेबलको शीर्षस्थानमा छौं। यसले देखाउँछ कि यो सिजन सबैका लागि कति गाह्रो छ। जीवनमा जे आउँछ स्विकार गर्नुपर्छ। हामीले चाहेको रिजल्ट निकाल्न सकेनौं। तर मलाई खेल र खेलाडीको प्रदर्शन मन पर्यो, जसरी उनीहरुले खेले र रक्षा गरे। हामीले सबै गर्यौँ तर अझै खुसी छैनौं।’

यता न्युकासलका प्रशिक्षक स्टिभ ब्रुसले पनि खेलाडीबाट सन्तुष्ट रहेको बताएका छन्। उनले लिभरपुल जस्तो बलियो टिमसँग बराबरी खेल्न सकेकाले समर्थकले मन पराएको दाबी गरेका छन्। ‘म खेलाडीसँग कृतज्ञ छु,’ उनले भने, ‘मलाई लाग्छ समर्थकले पनि खेल मन पराएका छन्।’
 

प्रकाशित: Dec 31, 2020| 01:23 बिहीबार, पुस १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।