सप्तरी- चोरीको अभियोगमा फरार रहेका एक अभियुक्त १७ वर्षपछि पक्राउ परेका छन्।
गाउँघरमै रहेका अभियुक्त कञ्चनरुप नगरपालिका ५ का ३९ वर्षीय देवकान्त यादवलाई इलाका प्रहरी कार्यालय कञ्चनपुर सप्तरीले आफ्नै घरमा फेला पारेपछि पक्राउ गरेको हो।
अदालतले ०६० असोज २७ गते गरेको फैसलामा उनलाई दुई महिना २४ दिन कैद सजाय तोकिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक उदयभान द्विवेदीले जानकारी दिए।
स्वावलम्वन बैकिङ्ग शाखा कार्यालय रुपनीमा यादवसमेतले चोरी गरेको भनी चलेको मुद्दामा अदालतले कैद सजायको फैसला गरेपछि यादव फरार थिए। जिल्ला अदालतमा पेश भएका आरोपितलाई हाल राजविराज कारागारमा कैद भुक्तानका लागि पठाइएको प्रहरी निरीक्षक द्विवेदीले बताए।