सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुर्खेत विमानस्थल : मुआब्जा नलिने, विस्तार गर्न नदिने स्थानीयको रणनीति

सुर्खेत विमानस्थल : मुआब्जा नलिने, विस्तार गर्न नदिने स्थानीयको रणनीति

सुर्खेत विमानस्थल विस्तारको विकल्प खोज्न आग्रह गर्दै आएका प्रभावित क्षेत्रका स्थानीयले मुआब्जा नलिने निर्णय गरेका छन्।
 |  बुधबार, पुस १५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस १५, २०७७

सुर्खेत- सुर्खेत विमानस्थल विस्तारको विकल्प खोज्न आग्रह गर्दै आएका प्रभावित क्षेत्रका स्थानीयले मुआब्जा नलिने निर्णय गरेका छन्।

आज (बुधबार) साँझ बसेको प्रभावित क्षेत्रका नागरिकको भेलाले कुनै पनि हालतमा मुआब्जा नलिने र विमानस्थल विस्तार गर्न नदिने निर्णय गरेको हो।

‘विमानस्थल विस्तारका नाममा सरकारले स्थानीयलाई तड्पाई-तड्पाई मार्ने जस्तो व्यवहार गर्‍यो’ नागरिक सरोकार समितिका अध्यक्ष टीकाराम आचार्यले भने, ‘आजदेखि कुनै पनि हालतमा विमानस्थल विस्तार हुन नदिने र मुआब्जा नलिने निर्णय गरेका छौँ।’

विमानस्थल विस्तार भौतिक रुपमा उपयुक्त नभएको, आर्थिक हिसावले महंगो पर्न जाने र दश वर्षपछि पुनः विमानस्थल विस्तार गर्नुपर्ने भएका कारण मुआब्जा नलिने निर्णय गरेको आचार्यले बताए। सरकारका लागि सुर्खेत विमास्थल विस्तारको विकल्प खोज्नु नै उपयुक्त हुने स्थानीयको निचोड छ।

हाल १ हजार २५५ मिटर धावनमार्ग भएको विमानस्थल विस्तार गरेर धावनमार्ग एक हजार ५५५ मिटर पुर्‍याउन थालिएको छ।

विमानस्थल विस्तार गर्दा ३० बिघाह क्षेत्रफल अधिग्रहणमा पर्छ। जसबाट एउटा क्याम्पस, दुई वटा सामुदायिक विद्यालय, तीन वटा निजी विद्यालयलगायत करिब ५०० घरपरिवार प्रभावित हुनेछन्।

प्रकाशित: Dec 30, 2020| 14:20 बुधबार, पुस १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।