सोमबार, भदौ २२, २०८३

गुणस्तर मापनमा ध्यान दिन मन्त्री अर्यालको निर्देशन

कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको आज अनुगमन गरेकी छन्।
 |  बुधबार, पुस १५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस १५, २०७७

काठमाडौं- कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको आज अनुगमन गरेकी छन्।

मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका विषयको अनुगमन गर्ने निकाय भएकाले विभागसँग स्वस्थ जीवनलाई प्रभाव पार्ने कार्यको जिम्मेवारी रहको उल्लेख गर्दै उनले खाद्यवस्तुको गुणस्तर परीक्षण र नियमनको कार्यलाई अभियानकै रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिइन्।

‘अहिलेको अनुगमन, निरीक्षण, ल्याब परीक्षणको यति कार्यले मात्र हुँदैन, अब घुम्ती टोलीमार्फत नियमितरुपमा अनुगमन कार्यलाई अभियानकै रुपमा अगाडि बढाउनुपर्छ’, मन्त्री अर्यालले भनिन्, ‘तपाईंहरु योजनासहित अगाडि बढ्नुस्, यसलाई अभियानकै रुपमा हामीले अगाडि बढाउनुपर्छ।’

मन्त्री अर्यालले क्षमता विकास तथा सेवा केन्द्र थप्नुपर्ने आवश्यकता भएमा त्योसहितका योजना बनाउनसमेत कर्मचारीलाई निर्देशन दिइन्।

नीति, नियम, ऐन निर्माण गर्नुपर्ने क्षेत्रमा केही अपडेट गर्नुपर्ने भएमा त्यसमा समेत छलफल अगाडि बढाउन उनले आग्रह गरिन्। प्रवद्र्धनात्मक कार्यमा आवश्यक पर्ने कार्यमा ध्यान दिनसमेत मन्त्री अर्यालले आग्रह गरिन्। रासस

प्रकाशित: Dec 30, 2020| 13:59 बुधबार, पुस १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।