सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • देशलाई अनिर्णयको बन्दी बनाउन नदिन प्रतिनिधिसभा विघटन : पौडेल

देशलाई अनिर्णयको बन्दी बनाउन नदिन प्रतिनिधिसभा विघटन : पौडेल

नेकपाका महासचिव विष्णु पौडेलले देशलाई अनिर्णयको बन्दी बनाउन नदिन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको बताएका छन्।
 |  बुधबार, पुस १५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस १५, २०७७

जनकपुरधाम- नेकपाका महासचिव विष्णु पौडेलले देशलाई अनिर्णयको बन्दी बनाउन नदिन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको बताएका छन्।

ओली समूहको प्रदेश २ स्तरीय अगुवा कार्यकर्ता भेलामा पौडेलले पार्टीभित्रको आन्तरिक किचलोलाई प्रतिशोधपूर्ण ढंगले शत्रुता साध्ने हिसाबले केही नेताहरु लागेकाले बाध्य भएर प्रधानमन्त्रीले प्रतिनिधसभा विघटन गरेर नयाँ जनादेशमा जाने निर्णय गरेको तर्क गरे।

अर्थमन्त्रीसमेत रहेका पौडेलले प्रधामन्त्री ओलीको यो कदमलाई कतिपयले निरंकुश कदमको संज्ञा दिएको बताउँदै यो कदम संविधानसम्मत, लोकतन्त्र सम्मत रहेको दाबी गरे। 

पौडेलले सरकारले गरेका राम्रा कामहरुको प्रचारप्रसार जनता समक्ष गर्नुका साटो आफ्नै पार्टीभित्रबाट कुप्रचार भएको बताए। उनले भने, ‘सरकारले गरेका कामको प्रचार गर्नुपर्थ्यो, जनतालाई गोलबन्द गर्नुपर्थ्यो, तर जबजब सरकारले राम्रा कामहरु गर्छ पार्टी भित्रैबाट प्रधानमन्त्री ओलीको खुट्टा तान्ने काम भयो।’ 

प्रचण्डले पार्टीभित्र अध्यक्ष एवम् प्रधानमन्त्री ओलीविरुद्ध आरोपपत्र बुझाएर पार्टी विभाजनको बिउ रोपेको आरोप लगाए। उनले प्रधानमन्त्री ओलीले पार्टीलाई एक बनाएर अगाडि बढ्ने जति प्रयास गरे पनि उनीहरु पार्टी तथा सत्ता कब्जा गर्ने मनसायका साथ लागेको आरोप लगाए। 

पौडेलले प्रचण्ड र माधव नेपालले आफूले गरेका गल्तीको प्रायश्चित गरेर फेरि पार्टीमै फर्कन आग्रह गरे। उनले भने ‘उनीहरुले पार्टी अध्यक्ष ओलीलाई विधान विपरित कारबाही गरेका छन्, हामी प्रचण्डजीलाई कार्यकारी अधिकारबाट मात्रै हटाएका छौँ अध्यक्ष पद छँदैछ, माधवजीको पनि वरिष्ठ नेताको पद छँदैछ त्यसैले फेरी पार्टीमा फर्कनुस, गल्तीको प्रायश्चित गरेर मिलेर अगाडि बढौँ।’ 

ओली समूहका स्थायी कमिटी सदस्य एवम् पूर्व मन्त्री रघुवीर महासेठले निर्वाचन आयोगले नेकपा र सूर्य चिन्ह आफूहरुलाई दिने दाबी गरे। उनले भने, ‘नेकपा नाम र सूर्य चिन्ह जब निर्वाचन आयोगले हामीलाई दिन्छ तब मात्र थाहा हुन्छ असली कम्युनिष्ट पार्टी कुन हो।’

अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै शहरी विकास मन्त्री प्रभु साहले दूइ अध्यक्षीय प्रणालीकै कारण देशमा यो स्थितिको श्रृजना भएको दाबी गरे। 

अगुवा कार्यकर्ता भेलालाई ओली समूहका स्थायी कमिर्टी सदस्य एवं प्रदेश २ नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डल, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुली महासेठ, प्रदेशसभा सदस्य रामचन्द्र मण्डल, प्रदेशसभा सदस्य ज्वाला साह लगायतले सम्बोधन गरेका थिए।

प्रकाशित: Dec 30, 2020| 12:50 बुधबार, पुस १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।