शनिबार, असार २७, २०८३

पीएम कप क्रिकेटमा गण्डकीविरुद्ध वागमती ६५ रनले विजयी

पीएम कप टी–ट्वेन्टी क्रिकेटमा वागमती प्रदेशले गण्डकी प्रदेशलाई पराजित गरेको छ। 
 |  बुधबार, पुस १५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस १५, २०७७

काठमाडौं- पीएम कप टी–ट्वेन्टी क्रिकेटमा वागमती प्रदेशले गण्डकी प्रदेशलाई पराजित गरेको छ। 

आज (बुधबार) दाङको लमहीमा सम्पन्न खेलमा वाममतीले गण्डकीलाई ६५ रनले पराजित गरेको हो।

टस जितेर पहिले ब्याटिङ रोजेको वागमतीले सानदार सुरुवात गर्दै ७६ रनको ओपनिङ साझेदारी गरेको थियो। जहाँ कञ्चना श्रेष्ठ २७ बनाउँदै आउट भइन्। त्यस्तै अर्की ओपनर विन्दा विश्वकर्माले ३८ रन जोड्दा सुमन खतिवडाले ३१ रन जोडिन्।

यसबाहेक वागमतीलाई अतिरिक्त ३९ रन प्राप्त भयो। यता गण्डकीका एलिसा लामिछानेले दुई विकेट गिराइन्।
जवाफी ब्याटिङमा कमजोर सुरुवात गरेको गण्डकीले १६ रनमै दुई विकेट गुमाउन पुग्यो। अन्य खेलाडीले पनि सम्झनलायक प्रदर्शन गरेनन्।

यता वागमतीका अस्मिना कर्माचार्या र सुमन खतिवडाले विकेट लिए। बुधबारको जितसहित वागमतीले प्रतियोगितामा दोस्रो जित दर्ता गरेको छ। अब एक खेल जिते वागमतीले सेमिफाइनलमा स्थान बनाउने छ। यसअघि प्रदेश १ ले आज बिहान सम्पन्न खेलमा सुदूरपश्चिमलाई हराउँदै ४ अंक जोडेको थियो।

समूह बीमा अब चार टिमको समान १–१ खेल बाँकी छ। बाँकी खेल भोलि (बिहीबार) लमहीमा हुनेछ। भोलिको खेलबाट समूह बीको विजेताको टुंगो लाग्नेछ।

समूह बीको विजेताले सेमिफाइनलमा समूह ए को उपविजेता लुम्बिनी प्रदेशसँग खेल्नेछ। त्यस्तै बीको उपविजेताले सेमीफाइनलमा समूह ए को विजेता एपीएफसँग खेल्नेछ।

*यसअघि भूलवश गलत समाचार प्रकाशित भएकाेमा सच्चाइएकाे छ

प्रकाशित: Dec 30, 2020| 11:19 बुधबार, पुस १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।