आइतबार, वैशाख ७, २०८२

किन रोक्यो राष्ट्र बैंकले नबिलको लाभांश ?

नेपाल राष्ट्र बैंकले नबिल बैंकको संस्थागत लगानीकर्ता रहेको एनबी इन्टरनेसनलले पाउने लाभांश तत्कालका लागि रोकेको छ।
 |  बुधबार, पुस १५, २०७७
nespernesper

शर्मिला ठकुरी

शर्मिला ठकुरी

बुधबार, पुस १५, २०७७

vianetvianet

काठमाडौं- नेपाल राष्ट्र बैंकले नबिल बैंकको संस्थागत लगानीकर्ता रहेको एनबी इन्टरनेसनलले पाउने लाभांश तत्कालका लागि रोकेको छ। 

triton college

बैंकमा एनबी इन्टरनेसनलको ५० प्रतिशत लगानी रहेको छ। नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशिका २०७७ (१०) को (क) मा भएको व्यवस्था बमोजिम रित नपुगेको भन्दै नबिल बैंकले एनबी इन्टरनेसनललाई दिने ३५.२६ प्रतिशत लाभांश स्वीकृत नगरी केही समयका लागि रोकेको हो। 

नबिल बैंकले नेपाल राष्ट्र बैंकले राखेको प्रावधान अनुरुप कागजात नपुर्‍याएकाले लाभांश स्वीकृत नगरेको नेपाल राष्ट्र बैंकका एक उच्च अधिकारीको दाबी छ।

ती अधिकारीले भने, ‘हामीले तत्कालका लागि राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशिकाअनुसार कागजात नभएकोले एनबी इन्टरनेसनलले लैजाने लाभांश भने रोकेका हाै‌ं।’

नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशिकाअनुसार बैंक तथा वित्तीय संस्थाको लगानीकर्ता संस्था भएमा लाभांश लैजान सो संस्थाको प्राकृतिक व्यक्ति खुल्ने कागजात अनिवार्य हुनुपर्ने व्यवस्था छ।

National life insurance

तर नबिल बैंकले भने एकातिर कुल सेयर स्वामित्वको ५० प्रतिशत सर्वसाधाराण लगानीकर्ता (जसमा ३.११ प्रतिशतभन्दा बढी विनोद चौधरी परिवार (निर्वाण, वरुण, सारिका र राहुल चौधरी) को नाममा छ। बाँकी ५० प्रतिशत सेयर स्वामित्व एनबी इन्टरनेसनल रहेको फाइल राष्ट्र बैंकमा पेस गरेको थियो। तर फाइलमा लाभांश कसले पाउने हो स्पष्ट छैन। 

नबिल बैंकका उच्च व्यवस्थापन समूहका एक अधिकारीका अनुसार भने प्राकृतिक व्यक्ति (लाभांश पाउने व्यक्ति) विदेशमा भएको र उनको सम्पूर्ण कागजात विदेशबाट मगाएर राष्ट्र बैंकसमक्ष बुझाइसकिएको छ। 

ती अधिकारीका अनुसार पुस २९ गते बस्ने बैंकको साधारणसभाअगाडि नै राष्ट्र बैंकले एनबी इन्टरनेसनलले पाउने ३५.२६ प्रतिशत लाभांश स्वीकृत गर्नेछ। राष्ट्र बैंकले सो कम्पनीले लैजाने लभांश मात्र रोकेको र सर्वसाधारणलाई दिने लाभांश नरोकेको हुँदा सेयर धनीमा असर नपर्ने ती अधिकारीले बताए। 

कति रकम लैजान्छ एनबी इन्टरनेसनलले ?

नबिल बैंकले गत आर्थिक वर्षको नाफाबाट ३५.२६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। प्रस्ताव पारित भएमा एनबीले ३३.५ प्रतिशत बोनस र १.७६ प्रतिशत करबपतको रकम पाउनेछ। हाल नबिल बैंकको सेयर १० अर्ब ९ करोड ७४ लाख ९७ हजार रुपैयाँ अर्थात् १० करोड ९ लाख ७४ हजार ९ सय ७० कित्ता छ।

एनबी इन्टरनेसनलको नबिल बैंकमा ५० प्रतिशत सेयर स्वाभित्व छ। कम्पनीसँग बैंकको ५ अर्ब ४ करोड ८७ लाख ४८ हजार ५०० रुपैयाँ अर्थात् ५ करोड ४ लाख ८७ हजार ४८५ कित्ता सेयर छ।

त्यसैले बैंकले दिने ३३.५ प्रतिशत बोनस सेयर पाउँदा एनबी इन्टरनेसनलले १ करोड ६९ लाख १३ हजार ३०७ कित्ता सेयर र कर प्रयोजनार्थ ८ करोड ८८ लाख ५७ हजार ९७३ रुपैयाँ बराबरको रकम पाउनेछ।

बोनस सेयर बढेसँगै बैंकमा एनबीको ६ करोड ७४ लाख ७९२ कित्ता अर्थात् ६ अर्ब ७४ करोड ७९ हजार २०० रुपैयाँ बराबरको सेयर स्वामित्व हुनेछ। 

कसको स्वामित्वमा छ एनबी इन्टरनेसनल ? 

एनबी इन्टरनेसनलको ५१ प्रतिशत सेयर स्वामित्व पनामामा दर्ता भएको साउथ एसिया फाइनान्सियल कर्पोरेसनका नाममा छ।

जसको प्रमुख बंगलादेशी व्यवसायी अब्दुल अवाल मिन्टो हुन्। ४९ प्रतिशत सेयर स्वामित्व सिनोभेसन सिंगापुरको नाममा छ। सिनोभेसन सिंगापुर कम्पनीमा चौधरी ग्रुपको शतप्रतिशत लगानी छ।

जसमा राहुल चौधरी र वरुण चौधरीको ९९.५ र विनोद चौधरीको ०.५ प्रतिशत सेयर छ।  विनाेदका छोरा राहुल र वरुण गैरआवासीय नेपाली हुन्। जुन कुरा गत पुस १ गते नेपाल आर्थिक पत्रकार समाजले विनोद चौधरीसँग आयोजना गरेको अन्तरक्रियामा  उनी आफैैले स्वीकारेका थिए। 

राष्ट्र बैंकको विवाद के हो ? 

राष्ट्र बैंकले भने नबिल बैंकको लाभांश खासमा कसले पाउने हो भन्ने प्रश्न बैंकसँग गरेको छ। एनबी इन्टरनेसनलमा सरासर हेर्दा विनोद, राहुल, वरुण र अब्दुल अवाल मिन्टो देखिन्छन्।

ती चारमध्ये कसले र कुन आधारमा सो लाभांश पाउने हो भन्ने स्पष्ट लेख्नुपर्ने भन्दै राष्ट्र बैंकले लाभांश अस्वीकार गरेको हो।

महाप्रसाद अधिकारी गभर्नर भएपछि एकीकृत निर्देशनमार्फत  यस्ताे व्यवस्था  ल्याइएको हो। तत्कालीन समयमा भरतमोहन अधिकारीको सिफारिसमा विनोद चौधरी एमालेको समावेसी कोटामा सांसद बनेका थिए। 

चाैधरी अहिले कांग्रेस सांसद भएपछि नियतबस नै सो व्यवस्था लागू गरिएको बैंकका उच्च अधिकारी बताउँछन्। नबिल बैंकले गत आर्थिक वर्षमा बैंकले ३ खर्ब ४६ अर्ब ३२ करोड रुपैयाँ नाफा कमाएको थियो।

प्रकाशित: Dec 30, 2020| 11:11 बुधबार, पुस १५, २०७७
प्रतिक्रिया दिनुहोस्