सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • माधवकुमार नेपाल प्रचण्डको मामुली कार्यकर्तामात्र : ओली

माधवकुमार नेपाल प्रचण्डको मामुली कार्यकर्तामात्र : ओली

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओलीले माधवकुमार नेपाल पुष्पकमल दाहालको मामुली कार्यकर्तामात्र भएको टिप्पणी गरेका छन्।
 |  बुधबार, पुस १५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस १५, २०७७

काठमाडौं– प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओलीले माधवकुमार नेपाल पुष्पकमल दाहालको मामुली कार्यकर्तामात्र भएको टिप्पणी गरेका छन्। 

नेकपा ओली समूहले बबरमहलस्थित एक पार्टी प्यालेसमा आयोजना गरेको सुदूरपश्चिम प्रदेशस्तीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, ‘माधवकुमार नेपालको बारेमा म धेरै टिप्पणी गर्न चाहन्नँ। उहाँ त्यसको लायक नै होइन। उहाँ त प्रचण्डको मामुली कार्यकर्तामात्र हो। उधारो डिल गर्दिनँ भन्नुहुन्थ्यो। अहिले द्वितीय अध्यक्ष पाउनुभएछ।’

प्रचण्ड र माधव नेपाल मिल्दा बहुमत हुन्छ भन्ने जान्दाजान्दै आफूले पार्टी एकता गरेको उनले बताए।

दाहाल–नेपाल समूहलाई लक्षित गर्दै ओलीले भने, ‘डुंगा अगाडि बढ्न नदिने, पछाडि तानिराख्ने काम भइरह्यो। अब उहाँ थाक्नुभयो, डुंगा छाडिदिनुभो, हामी अगाडि बढ्यौं।’

पुष्पकमल दाहाल मान–अपमानको कुरामा अल्झिएको भन्दै ओलीले भने, ‘मान गरेनन्, अपमान गरे भन्नेमा ध्यान छ। त्यति सानो कुरामा ध्यान छ, देश विकासमा केको ध्यान हुन्थ्यो।’

प्रकाशित: Dec 30, 2020| 10:58 बुधबार, पुस १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।