सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लेखराज भट्टको प्रश्न- प्रचण्डलाई अहिले नै प्रधानमन्त्री चाहिएको छ, त्यस्तो कसरी हुन्छ ?

लेखराज भट्टको प्रश्न- प्रचण्डलाई अहिले नै प्रधानमन्त्री चाहिएको छ, त्यस्तो कसरी हुन्छ ?

नेकपाको केपी ओली समूहका नेता लेखराज भट्टले प्रधानमन्त्रीले निर्वाचन गराएर सत्ता हस्तान्तरण गर्छु भन्दा दाहाल–नेपाल समूहले आँट नगरेको बताएका छन्।
 |  बुधबार, पुस १५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस १५, २०७७

काठमाडौं– नेकपाको केपी ओली समूहका नेता लेखराज भट्टले प्रधानमन्त्रीले निर्वाचन गराएर सत्ता हस्तान्तरण गर्छु भन्दा दाहाल–नेपाल समूहले आँट नगरेको बताएका छन्।

उक्त समूहले बबरमहलस्थित एक पार्टी प्यालेसमा आयोजना गरेको सुदूरपश्चिम प्रदेशस्तीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, ‘प्रधानमन्त्रीले नेकपाको स्थायी कमिटी बैठकमा सम्मानजनक रुपमा निर्वाचन गराएर सत्ता हस्तान्तरण गर्छु भन्नुभएकै हो। तर उहाँहरुले आँट गर्नुभएन। अहिले नै प्रधानमन्त्री चाहियो, अहिले नै अध्यक्ष चाहियो।’

सचिवालय बैठकमा पुष्पकमल दाहालले प्रस्तुत गरेको १९ बुँदे आरोपपत्रमा सिद्धान्त, विचार केही नभएको उनले बताए।  कम्युनिस्ट आन्दोलन अगाडि बढाउने भन्दा पनि विघटन गराउन दाहाल–नेपाल समूह उद्यत रहेको आरोप उनले लगाए। 

पुष्पकमल दाहालले जनयुद्धमा मारिएका ५ हजारको जिम्मा लिने बताएको सन्दर्भ उल्लेख गर्दै भट्टले बाँकी १२ हजारको जिम्माचाहिँ कसले लिन्छ भनेर प्रश्न गरे। ‘आँट भए त १७ हजारकै जिम्मा लिनुपर्‍यो नि,’ उनले भने।  

भट्टले सम्बोधनको अधिकांश समय प्रचण्डको आलोचना र ओलीको प्रशंसामा खर्चिएका थिए।

पूर्वमाओवादी नेता भट्ट नेकपा ओली समूहका सुदूरपश्चिम प्रदेश इन्चार्ज हुन्। 

प्रकाशित: Dec 30, 2020| 10:12 बुधबार, पुस १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।