सोमबार, भदौ २२, २०८३

दाहाल र नेपालले जालझेल गरेर पार्टी फुटाए : थापा

नेकपा ओली समूहका सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्णबहादुर थापाले पुष्पकमल दाहाल र माधवकुमार नेपालले जालझेल गरेर पार्टी विभाजन गरेको आरोप लगाएका छन्।
 |  बुधबार, पुस १५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस १५, २०७७

काठमाडौं– नेकपा ओली समूहका सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्णबहादुर थापाले पुष्पकमल दाहाल र माधवकुमार नेपालले जालझेल गरेर पार्टी विभाजन गरेको आरोप लगाएका छन्।

बबरमहलस्थित एक पार्टी प्यालेसमा उक्त समूहले आयोजना गरेको सुदूरपश्चिम प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलामा थापाले भने, ‘जालझेल गरेर पार्टी विभाजन गरे। हामीले अनेकौं आग्रह गर्दा पनि भएन। स्वार्थका लागि नेताहरू लाग्नुभयो। प्रधानमन्त्री झुक्नुपर्ने ठाउँमा झुक्नुभयो पार्टी एकताका लागि। सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटी त्यसैअनुसार बनाउनुभयो पार्टी एकताको काम सकेर महाधिवेशन गर्नकै लागि। तर नेताहरू अल्पमत र बहुमतको खेलमा लाग्नुभयो,’ उनले भने।

दुवै अध्यक्षको सहमतिमा मात्रै बैठक बस्नेलगायत काम गर्ने सहमति भए पनि दाहाल–नेपाल पक्ष त्यसबाट बाहिर गएको आरोप थापाले लगाए।

‘माधव नेपाल र झलनाथ खनाललाई पार्टी एकता गर्ने मनै थिएन। दुई पार्टीबीचको एकता ठूलो छलफल र बहस गरेको भए सम्भव नै थिएन। अहिले नेताहरूले पद नपाएपछि एकता भंग गर्ने काम गरे,’ उनले भने।

पार्टी फुटाउन भीम रावलले भूमिका खेलेको आरोप उनले लगाए। ‘भीम रावलको काम आफूभन्दा माथिकाको चाकडी र कार्यकर्तामाथि शासन गर्ने हो। उहाँले नेताको चाकडी गर्ने काम गर्नुभयो। प्रधानमन्त्रीसँग अनुनय विनय गर्नुभयो पदका लागि। धेरै प्रयास गर्नुभयो तर ओलीले पटकपटक तपाईंले अवसर पाइसक्नुभयो अब दिन सकिँदैन भनेपछि पार्टीभित्र खेल्नुभयो,’ थापाले भने।

जीवनमा पहिलोपटक पुष्पकमल दाहालले आफूभन्दा माथि कसैलाई नेता मान्नुपर्ने अवस्था आएपछि पूर्वएमाले निकटका नेताहरूले गुटको समीकरण बनाएर खेल्नुभयो। केपी ओली षड्यन्त्रबाट हट्न नमानेको हो। उहाँलाई राजनीतिक षड्यन्त्र गरेर एक्ल्याउन खोजियो। केही झुण्ड मिलेर उहाँलाई अलग पार्न खोजियो,’ थापाको तर्क थियो।

थापाले थपे, ‘प्रचण्डले केपी ओलीलाई मोहन वैद्य ठाने, बाबुराम भट्टराई ठाने। आफूजस्तै नेता ठानेर ओलीलाई पनि खेलाउन खोजे। तर विशाल जनमत भएको केपी ओलीको फेला परे। केही गर्न नसक्ने स्थिति बनेपछि माधव नेपाललाई साथमा लिएर खेल खेले।’

प्रकाशित: Dec 30, 2020| 09:47 बुधबार, पुस १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।