सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • देशीविदेशी षड्यन्त्रका कारण नेकपा विभाजन भएको हो : मन्त्री ठगुन्ना

देशीविदेशी षड्यन्त्रका कारण नेकपा विभाजन भएको हो : मन्त्री ठगुन्ना

नवनियुक्त संघीय मामिला तथा स्थानीय विकास मन्त्री गणेशसिंह ठगुन्नाले देशीविदेशी षड्यन्त्रका कारण नेकपा विभाजन भएको तर्क गरेका छन्। 
 |  बुधबार, पुस १५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस १५, २०७७

काठमाडौं– नवनियुक्त संघीय मामिला तथा स्थानीय विकास मन्त्री गणेशसिंह ठगुन्नाले देशीविदेशी षड्यन्त्रका कारण नेकपा विभाजन भएको तर्क गरेका छन्। 

नेकपाको ओली समूहले बबरमहलस्थित एक पार्टी प्यालेसमा आयोजना गरेको सुदूरपश्चित प्रदेशस्तरीय भेलामा उनले ओली नेतृत्वको पार्टी नै मूलधारको पार्टी भएको तर्क गरे।

‘अहिलेको सरकारले एतिहासिक काम गर्दैगर्दा चलखेल गर्ने काम गरियो। नेकपा विभाजन भएको छैन। एकताको पहिलो अध्यक्ष र महासचिव यतै हुनुहुन्छ। मूल पार्टीमा नबसेर बाहिरबाहिर बैठक गर्ने र आन्दोलन गर्ने कुनै काम छैन। बाटो बिराएर जानुभएका नेताकार्यकर्तालाई मूल घरमा फर्किन आग्रह गर्दछु,’ उनले भने।

स्थायी सरकार, विकास र समृद्धिको एजेन्डासहित आउँदो चुनावमा दुई तिहाइ बहुमत ल्याउने दाबी उनले गरे। ‘केपी ओलीको नेतृत्वमा हुने अबको निर्वाचनलाई सफल बनाउनुपर्छ,’ उनले भने।
 

प्रकाशित: Dec 30, 2020| 09:11 बुधबार, पुस १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।