सोमबार, भदौ २२, २०८३

ओलीको अपुताली खान दाहालले पार्टी फुटाए : मन्त्री आले

नवनियुक्त वनमन्त्री प्रेम आलेले केपी शर्मा ओलीको अपुताली खान पुष्पकमल दाहालले पार्टी एकता गरेको आरोप लगाएका छन्। 
 |  बुधबार, पुस १५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस १५, २०७७

काठमाडौं– नवनियुक्त वनमन्त्री प्रेम आलेले केपी शर्मा ओलीको अपुताली खान पुष्पकमल दाहालले पार्टी एकता गरेको आरोप लगाएका छन्। 

नेकपा ओली समूहले बबरमहलस्थित एक पार्टी प्यालेसमा आयोजना गरेको ‘सुदूरपश्चिमस्तरीय अगुवा कार्यकर्ता भेला’ लाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका गरेका हुन्। 

‘केपी ओली मरेपछि अपुताली खाउँला भनेर पार्टी एकता गर्नुभएको थियो। आफ्नो पार्टी फुटाएर नेकपा एमाले फुटाउन यहाँ प्रवेश गर्नुभएको रहेछ,’ उनले भने। मूलधारबाट चोइटिएर गएकाहरुले माइतीघरमा राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध आपत्तिजनक नारा लगाएको उनले बताए।

‘माधव नेपालले १५ वर्ष पार्टी चलाउनु भयो तर कहिले बहुमत आएन। भीम रावलले मेरै जिल्लामा गएर मलाई तस्करको हातमा चाबी भनेर आरोप लगाउनुभयो। मलाई लगाइएको आरोपमा कुनै सत्यता छैन। नेताहरूको पैंताला चाटेर तपाईं नै पटक पटक मन्त्री बन्नुभएको हो। डा. लेखिएका विद्वानले बालुवाटारमा गएर पनि मन्त्री बन्न आग्रह गरेका हुन्। मन्त्री नपाएपछि ओलीविरुद्ध खनिए,’ आलेले भने।

केपी ओलीको लोकप्रियता देखेर अतालिएकै कारण पार्टी विभाजन गर्ने काम भएको उनले तर्क गरे।
 

प्रकाशित: Dec 30, 2020| 08:55 बुधबार, पुस १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।